बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु « Khabarhub

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी–बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेला  आयोजना गरेका हुन् ।

यही फागुन १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री मण्डारीलाल अहिरले उद्घाटन गरे। उनले नीति निर्माता, कर्मचारी र किसानबीचको तालमेल नमिल्दा कृषिमा सोचेअनुसारको प्रगति गर्न नसकिएको बताए। 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले नेपालमा कूल जनसङ्ख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कृषि क्षेत्रको योगदान २४ प्रतिशतमात्रै रहेको र त्यसलाई सुधार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदानमा बढोत्तरी गर्न अपरिहार्य भएको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले कृषिको व्यावसायिक विकास र आधुनिकीकरण नभएसम्म आर्थिक समृद्धि हासिल नहुने बताए । 

 बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयकी कृषि सचिव नम्रता सिंह, नेपाल उद्योग वाणिज्य महासङ्घका  सदस्य केशव भण्डारीले कृषि क्षेत्रको विकासका लागि सरकारले लगानी गर्नुपर्ने सुझाव दिए।

बुटवल उद्योग वाणिज्य सङ्घले २०६२ सालदेखि नियमितरूपमा कृषि मेला आयोजना गर्दै आएको छ । पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिइएको छ । उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपक्षी तथा मत्स्यजन्य पदार्थ उत्पादनका बारेमा जानकारी दिइने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतिको प्रवर्द्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसेरिनरीसम्बन्धी जानकारी गराइने छ ।

कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यातयोग्य वस्तुको पहिचान र प्रवर्द्धन, कृषि, पशुपक्षी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री वितरणमा भएका उपलब्धिको जानकारी गराइने छ । मेलामा जीवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्राङ्गारिकखेतीका लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तरक्रिया तथा छलफल गरिने छ । 

त्यसैगरी मेलामा शुक्रबार र शनिबार  बाली परीक्षण शिविर सञ्चालन गरिने छ भने शनिबारदेखि नै तीन दिन माटो परीक्षण शिविर सञ्चालन हुने सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ४३ बजे

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन