तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो « Khabarhub

तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

गलकोटविसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको  पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ ।  तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो । 

तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गरेको ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुनः काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताए । 

त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ ।

‘सांसद विकास कोषको २०७६ सालमा रु ४० लाख र २०७७ सालमा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो’, क्याम्पसप्रमुख उपाध्यायले भने। 

त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न एक करोड बजेट दिएकाले  निर्माणको काम पुनः सुरु भएको उनले बताए। भवन अपाङ्गमैत्री हुनेछ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : ३३ बजे

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन