मोरङमा लरी पल्टिँदा तीन जनाको मृत्यु « Khabarhub

मोरङमा लरी पल्टिँदा तीन जनाको मृत्यु


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा लरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन् ।

आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए। लरी पल्टिँदा तीन जना बालकबालिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए ।

बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लरी दुर्घटना भएको थियो। उक्त लरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ०९ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।