‘बंगलादेशसँग विद्युत् बिक्रीको प्रक्रिया अघि बढ्छ’ « Khabarhub

‘बंगलादेशसँग विद्युत् बिक्रीको प्रक्रिया अघि बढ्छ’


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले नेपालले बंगलादेशलाई विद्युत् बिक्री गर्ने प्रक्रिया अघि बढ्ने बताएका छन् ।

राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित पूर्वाधार कूटनीति : सीमापार ऊर्जा व्यापार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपाध्यक्ष पोखरेलले विद्युत् बिक्रीको प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले बंगलादेशसँग विद्युत् व्यापारमा मूल्य निर्धारणको कुरो पनि चाँडै टुङ्गिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत् नेपालमै खपत गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यसपछि बल्ल बाँकी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नेबारे सोच्नुपर्ने उनको भनाइ छ । उनले नेपालको विद्युत् खरिद गर्न भारत र बंगलादेश तयार भएरमात्र नहुने भन्दै यसका लागि ट्रान्समिसन लाइनजस्ता पूर्वाधारको विस्तारमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा परराष्ट्र मामिलाका जानकार अरुणकुमार सुवेदीले नेपालको जनस्रोतका विषयमा राष्ट्रवादको अनावश्यक प्रभाव बढ्दा समस्या निम्तिएको बताए ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आइएसएसआरले आयोजना गरेको कार्यक्रममा ऊर्जा मामिलाका जानकार, सरकारी निकायका प्रतिनिधिहरु, पत्रकार र आम सर्वसाधारणको उपस्थिती रहेको थियो । 

 

 

 


   

   

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ५८ बजे

देउवा, प्रचण्ड र माधवपछि कमल थापा पनि एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास

महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली  

काठमाडौं–  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

एजेन्सी– अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको

र्‍यालीसहित महाधिवेशनस्थल पुग्दैछन् एमाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको औपचारिक रूपमा सुरु