परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुग्नुभएका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच आज भेटवार्ता भएको हो ।

विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन् । साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन्।

यही फागुन ९ गते नयाँदिल्ली प्रस्थान गर्नुभएका मन्त्री साउदले उक्त मञ्चलाई आज सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १० : ४९ बजे

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण

प्रधानमन्त्रीले भने : विपद्को जोखिम अझै टरेको छैन, सतर्क रहनुस्

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो,