अमेरिकाद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा « Khabarhub

अमेरिकाद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुस विरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विपक्षी नेता एलेक्से नाभाल्नीको रुसको आर्कटिक क्षेत्रको पेनल कोलोनीमा मृत्यु भएको कारणले पनि प्रतिबन्धहरू लगाइएको बताउनु भएको छ। सो घटनामा वाशिङ्टनले रुसी सरकार जिम्मेवार रहेको दाबी गरेको छ ।

‘यी प्रतिबन्धहरूले नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्कहरू र थुप्रै महाद्वीपहरूमा प्रतिबन्धहरू बेवास्ता गर्ने व्यक्तिहरूलाई लक्षित गर्ने,’ बाइडेनले उल्लेख गर्नु भएको छ ।

रूसले फेब्रुअरी सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ०० बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो