खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार दश हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो ।

कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका– ४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका– ८ धितुङका ज्ञानमाया राई र टेकबहादुर राई, ऐसेलुखर्क गाउँपालिका– ६ ज्यामिरेका खुतप्रसाद फुयाँलबुद्धिनाथ लम्साल तथा जन्तेढुङ्गा गाउँपालिका– ६ दिप्लुङका इन्द्रबहादुर राईलाई राहत रकम प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातीले जानकारी दिए ।

प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको सहयोगार्थ हङकङमा रहेका  खोटाङ्गेको अगुवाइमा २०७२ सालमा कोष स्थापना भएको हो । प्रारम्भमा २० लाख जम्मा गरेर स्थापना भएको कोषमा अहिले ३० लाख सङ्कलन भएको र ब्याजबापत प्राप्त हुने रकम जिल्लाका विपत्तिमा परेका जिल्लाका नागरिकलाई राहतस्वरूप प्रदान हुँदै आएको कोषाध्यक्ष किरातीले बताए ।

कोषले घरमा आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार पाँच हजार र पूर्ण क्षति भएकालाई दश हजारका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ ।

दश स्थानीय तह रहेको खोटाङमा गत फागुन ११ गतेदेखि हालसम्म १६ वटा घर र १९ वटा गोठ जलेका छन् । गोठमा बाँधिएका ७१ वटा चौपाया मरेका छन् ।

आगलागीका यी घटनाबाट एक करोड ६३ लाख ७७ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : १८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका