फुटबल विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’ « Khabarhub

फुटबल विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बाँके– फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ ।

चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाही, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले फुटबल खेलका विविध पक्षबारे जानकारी दिएका थिए । एन्फाले पाँच वर्षअघिदेखि यस्तो तालिम आयोजना गर्दै आएको छ ।

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले फुटबलको विकासका निम्ति नगरपालिका सकारात्मक रहेको बताउँदै यो खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वकप्तान खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दै प्रशिक्षणका क्रममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष शाहीले आगामी दिनमा फुटबलको विकासका लागि नियमित रूपमा कार्यक्रम आयोजना गरिने जानकारी दिए भने सङ्घका उपाध्यक्ष निर्मल चन्दले विविध चुनौतीका बीच सङ्घले फुटबलको विकासका लागि हरसम्भव प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : ४९ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार