भूमि आयोग खारेजप्रति आयोगका पदाधिकारीको आपत्ति « Khabarhub

भूमि आयोग खारेजप्रति आयोगका पदाधिकारीको आपत्ति


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विघटित राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूले आयोग खारेज गर्ने निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम सम्पन्न नहुँदै सरकारले आयोग खारेज गर्ने निर्णय गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विघटित राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि काम जारी रहँदा आयोग नै विघटन हुँदा आश्चर्यचकित भएको बताए । उनले आयोगलाई पूर्ण रुपमा काम गर्ने दिने विश्वासका साथ काम गरिरहँदा त्यसो हुन नसकेको धारणा राखे । अध्यक्ष पद रहने की नरहने भन्दा पनि रुकुमवासीको नाममा राजनीतिक कहिलेसम्म ? भन्दै उनले प्रश्न गरे ।

उनले सुकुम्बासी, अव्यवस्थित बसोबासीमाथि धोका भएको भन्दै सरकारको कार्यको विरोध र भर्त्सना गरे । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : २५ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच