जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौं : गृहमन्त्री | Khabarhub Khabarhub

जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौं : गृहमन्त्री


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन्।

उनले देशमा होस् कि विदेशमा जहाँ भए पनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन्। सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको प्रस्टोक्ति दिएका थिए।

राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए। लामिछानेले सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताए।

‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ। कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दूधको दूध, पानीको पानी निस्किन्छु’ उनले भने।

सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’