कोशीका १२ जिल्लामा भेटिए कुष्ठरोगका सङ्क्रमित « Khabarhub

कोशीका १२ जिल्लामा भेटिए कुष्ठरोगका सङ्क्रमित


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा – सरकारले कुष्ठरोग निवारणका लागि निःशुल्क उपचारसहित ठूलो लगानी भए पनि नयाँ रोगी थपिने क्रम घटेको छैन । कोशी प्रदेशका १४ मध्ये १२ जिल्लामा कुष्ठरोगका सङ्क्रमित फेला परेका छन् ।

कोशी प्रदेशमा कुष्ठरोगका एक सय ९५ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । प्रदेशको १२ जिल्लामा नयाँ र पुराना गरी चार सय ६२ कुष्ठरोगका सङ्क्रमित रहेको निर्देशनालयका कुष्ठरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी कुष्ठरोगका सङ्क्रमित झापामा एक सय ७० छन् । त्यसैगरी मोरङमा एक सय ६५ जना र सुनसरीमा ९२ जना कुष्ठरोगका सङ्क्रमित छन् । “खोटाङ र ताप्लेजुङ जिल्लामा नयाँ र पुराना कुष्ठरोगी छैनन्”, उनले भने, “अधिकांश बिरामी तराईका जिल्लामा भेटिएका छन् ।”

उनका अनुसार धनकुटामा सात जना, भोजपुरमा दुई जना, ओखलढुङ्गामा दुई, सोलुखुम्बुमा दुई, सङ्खुवासभामा तीन, उदयपुरमा नौ, पाँचथरमा छ जना, इलाममा तीन जना र तेह्रथुममा एक जना कुष्ठरोगका सङ्क्रमित रहेका छन् ।

चालु आर्थिक वर्षमा कुष्ठरोगका नयाँ सङ्क्रमित उल्लेखित मात्रामा भेटिएका छन् । सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा भेटिएको उनले बताए । सुनसरीमा ७० जना, मोरङमा ६० जना, झापामा ५६ जना, उदयपुरमा चार जना, इलाममा तीन जना, पाँचथरमा तीन जना र धनकुटामा दुई जना नयाँ सङ्क्रमित फेला परेको उनको भनाइ छ । उनले कोशी प्रदेशका नयाँ सङ्क्रमितमध्ये अङ्गभङ्ग भएका ३३ जना र पाँच जना १४ वर्षमुनिका बालबालिका रहेको बताए।

लेप्रे नामक सुक्ष्म ब्याक्टेरियाको सङ्क्रमणबाट लाग्ने कुष्ठरोग उपचारबाट निको हुन्छ । तर, समयमै उपचार भएन भने सङ्क्रमितको हात र खुट्टा लगायतमा अङ्गभङ्ग हुने समस्या देखापर्दछ । यसले स्नायु र छालाको बाहिरी भागमा प्रत्यक्ष असर पु¥याउँछ ।

“कुष्ठरोग खासमा कम सर्ने रोग मानिन्छ, तर वर्षौसँगै बस्ने परिवारमा यसको सङ्क्रमण देखिनसक्छ”, निर्देशनालयका कुष्ठरोग फोकल पर्सन गुरागाईंले भने, “रोगको किटाणु सङ्क्रमण भएको सुरुमा थाहा हुँदैन । किटाणु शरीरभित्र पसेपछि दुईदेखि पाँच वर्षभित्रमा शरीरमा रोगका लक्षण देखा पर्न थाल्दछ ।”

नेपालमा सन् २०१० कुष्ठरोग निवारण भएको घोषणा भएको थियो । तर, त्यसपछि पनि नयाँ सङ्क्रमित देखा परिरहेका छन् । सरकारी तथ्याङ्कअनुसार सन् २०१० देखि सन् २०१९ सम्मको एक दशकसम्म हरेक वर्ष औसत तीन हजार सङ्क्रमित देखापरेका थिए भने सन् २०२० यता हालसम्म वर्षेनी औसत दुई हजार संक्रमित भेटिने गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : ५८ बजे

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको