आज २०८१ साल वैशाख ११ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख ११ गते मंगलबारको राशिफल


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ११ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २३ तारिख। चैत शुक्ल पक्षको पूर्णिमा तिथि। लोकतन्त्र र विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवससमेत आजै परेका छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ। ठुला काममा हात लगाउनु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। धार्मिक यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। जग्गा जमिन र गहनाको कारोबार गर्दा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ।

मिथुन : दिनभर मन चञ्चल हुनेछ। धर्ममा मन जानेछ। साथीको सकारात्मक सहयोग प्राप्त हुनेछ। लगानीका क्षेत्रमा खोखिम बढ्नसक्छ।

कर्कट : नयाँ रोजगारीको अवसर सिर्जना हुनेछ। एक साथ दोहोरो लाभ मिल्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। साथीले साथ दिनेछन्।

सिंह : आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। रमाइलो यात्रा हुेनछ। बौद्धिक व्यक्तिसँग संगत गर्ने योग छ।

कन्या : आफन्तसँग भेट हुनेछ। राम्रो कामको चर्चा सबैले गर्ने दिन छ। समस्या विस्तारै किनारा लाग्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : खर्च बढ्ने योग छ। निर्णय गर्न नसके परिवार र मनले खाएका मान्छेसँग सल्लाह लिनु राम्रो हुन्छ। पुरानो गल्तीले दुःख दिने जोखिम छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : व्यापारमा फाइदा हुनेछ। मनमा शान्ति मिल्नेछ। सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई प्राप्त गर्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। प्रेम सम्बन्ध
सुमधुर बन्नेछ।

धनु : नयाँ कामको चर्चा चल्नेछ। रोजगारीका नयाँनयाँ अवसर भेटिने छन्। सामाजिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। अरुलाई प्रभावित पार्नसक्ने क्षमता देखिने छ।

मकर : कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रतिस्पर्धी भाग्नेछन्।
वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट मन शान्त हुेनछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सचेत भएर काम गर्नुपर्ने दिन छ। आफन्तले बदमासी गर्ने भएकाले धेरै सचेत हुनुपर्छ। आर्थिक र सामाजिक क्षेत्र अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ।

मीन : समय राम्रो छ। जटिल सोचेको काम सहजै बन्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : ०३ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को