तराई क्षेत्रमा तातो हावा चल्ने, सचेत रहन आग्रह « Khabarhub

तराई क्षेत्रमा तातो हावा चल्ने, सचेत रहन आग्रह


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

महाशाखाले आगामी पाँच दिन तराइमा तातो हावा चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र दिउँसो तातो हावा चल्ने देखिएकाले वैशाख १० गते देखि १४ गतेसम्म सतर्क रहन भनिएको हो ।

लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा विगत दुई दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौँजस्ता उपत्यका तथा खोँचहरूमा पनि तापक्रम बढ्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।

मधेश प्रदेश लगायत लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

आज राति कोशी गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै, थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, वान्ता आदि हुनसक्ने भएकाले सोबाट बच्न सबैमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ०६ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको