तराई क्षेत्रमा तातो हावा चल्ने, सचेत रहन आग्रह | Khabarhub Khabarhub

तराई क्षेत्रमा तातो हावा चल्ने, सचेत रहन आग्रह


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

महाशाखाले आगामी पाँच दिन तराइमा तातो हावा चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र दिउँसो तातो हावा चल्ने देखिएकाले वैशाख १० गते देखि १४ गतेसम्म सतर्क रहन भनिएको हो ।

लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा विगत दुई दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौँजस्ता उपत्यका तथा खोँचहरूमा पनि तापक्रम बढ्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।

मधेश प्रदेश लगायत लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

आज राति कोशी गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै, थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, वान्ता आदि हुनसक्ने भएकाले सोबाट बच्न सबैमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ०६ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत