रामचन्द्रको राज्यमा दामचन्द्रहरुको दबदबा | Khabarhub Khabarhub

रामचन्द्रको राज्यमा दामचन्द्रहरुको दबदबा

ठोकतन्त्र, झोंकतन्त्रको घानमा लोकतन्त्र



रत्नपार्कमा कपडा व्यापारी चिच्याउँदै थियो- ‘लौ लिनुस् ५० हजारको चमत्कारी कट्टु।’ आधा लाख पर्ने कट्टुबारे बुझ्न मानिसको भीड लागेछ। एकजना उत्सुकले सोधेछन- ‘यसमा के विशेषता छ र यति महँगो मोल तिर्नुपर्ने ?’ व्यापारीले भनेछ- ‘लगाएर त हेर्नुस् अनि थाहा पाउनुहुन्छ यसको चमत्कार।’ त्यो मानिसले हिम्मत जुटाएर आधा लाखमा कट्टु किनेर त्यसको महिमा सोध्यो। पसलेले कट्टु लगाएर नजिकैको पाँचतले घरको छानामा जान भनेछ। पसलेको भनाइबाट उसलाई आफू ‘सुपरम्यान’ भएको घमण्ड पलाइसकेको थियो।

कट्टु किन्ने ग्राहक एक सासमा पाँचतलामाथि पुगेछ। ‘अब के गरौं ?’ व्यापारीले हौस्याउँदै भनेछ- ‘अब निशंकोच हामफाल्नुस्।’ आँखा चिम्लिएर हामफालेको एकछिनमै शरीरका अंगप्रत्यंग छताछुल्ल भएर कट्टुवाला ईश्वरको प्यारो भएछ। यो दृश्यपछि बढेको उत्तेजित भीडलाई व्यापारीले ठाँटकासाथ भनेछ- ‘देख्नु भो मान्छे धुलोपिठो हुँदा पनि कट्टु जस्ताको तस्तै छ।’

व्यापारीको चमत्कारी कट्टुको विज्ञापन र नेपालको लोकतान्त्रिक व्यवस्थाको महिमा उस्तै उस्तै हुने गरेको छ। लोकतन्त्रको मुटु मानिने संसद एउटा सन्की राजनीतिक जागिरेको सनकमा पंगु बनाउने अघोषित परम्परा बस्दै आएको छ।

व्यापारीको चमत्कारी कट्टुको विज्ञापन र नेपालको लोकतान्त्रिक व्यवस्थाको महिमा उस्तै उस्तै हुने गरेको छ। लोकतन्त्रको मुटु मानिने संसद एउटा सन्की राजनीतिक जागिरेको सनकमा पंगु बनाउने अघोषित परम्परा बस्दै आएको छ। उसको यही सन्की र अराजक क्रियाकलापलाई लोकतान्त्रिक व्यवस्था कालजयी बनाउने अचुक अस्त्र मानिदिनुपर्ने विचित्रको दर्शन स्थापित गराउने कोशिस नयाँ होइन। तीन दशकअघि गिरिजाप्रसाद कोइरालाले शक्ति उन्मादमा संसद सिध्याउँदा त्यो कदमलाई लोकतन्त्रको उच्च नमूना भनेर सडकमा उत्रिने लठैतहरुको फोटोकपी अहिले अझ बज्र भएर सार्वजनिक भएका छन्। भाटहरुलाई व्यवस्थासँग नभएर अवस्थासँग मात्र सरोकार हुन्छ।

प्रजातन्त्रको सक्कली अनुहार आफ्नै सहकर्मीमाथि ठोकतन्त्र हुँदै झोंकतन्त्रमा टुंगिन्छ। अन्ततः समृद्धिको नारा भोकतन्त्रको सदावहार अन्तरामा बजिरहन्छ। झुटतन्त्रले फुटतन्त्रलाई निम्तो दिन्छ। राजा त्रिभुवनले सात दशकअघि आश्चर्यचकित हुँदै भन्थे रे- ‘के हाम्रा जनता जाबो दूध र भात पनि खान पाउँदैनन त ?’प्रचण्ड, शेरबहादुर, केपी बोक्ने भाटहरुले जस्तै त्यहीबेला त्रिभुवनलाई दिउँसै सपना देखाएका थिए। यो प्रवृत्तिको कर्म भनेकै शासकलाई मनपर्ने खुराकीको खोजी हो। उम्लेको पानीले अण्डालाई कडा बनाउँछ तर त्यही पानीले आलुलाई नरम बनाउँछ। त्यसैले आफू कस्तो बन्ने भन्ने अरुको व्यवहार होइन, आफ्नै चरित्रमा भर पर्छ।

प्रधानमन्त्रीको कुर्सीमा बसेपछि धेरैलाई कर्तव्य कम, उन्माद बढीले उक्साउने गरेको छ। राजनीतिका हरेक पृष्ठ म्युजिकल चेयरभन्दा माथि उठेन। कमल थापाकै दूरबिनबाट गणतन्त्रको अनुहार निहाल्नुपर्ने भएपछि मुक्तिका आवाज प्रहसन सिवाय केही होइन। जब कालो अरिंगाल भएर कम्युनिष्टका शीर्ष नेता आफ्नै सहकर्मीमाथि आइलागेको भद्दा दृश्यले भन्छ- यिनीहरुको बाह्रमासे जुवाडे हुन, जो एक दाउका लागि निकृष्ट कर्ममा सक्रिय छन्। उनीहरुले घोकेका साम्यवादी जार्गन लुट्ने मन्त्र हो। जुन देशका नेताका लागि जनताको भोट अपराध गर्ने लाइसेन्स बन्छ भने त्यसलाई विधिको शासन कसरी मान्न सकिन्छ ?

राजनीति नामको उद्योगमा लाग्नेको अपवाद छोडेर भलो भएको छ। त्यसमाथि हातमा दाम हुनेहरु नै राजनीतिका डन हुने निर्वाचन प्रणालीका कारण आर्थिक उन्नतिको फास्टट्रयाकमा सबैको चासो बढेको हो। हिङदेखि हिरा व्यापारीसम्म राजनीतिक महत्वाकांक्षा चुलिनुको कारण पनि यही हो। नेता आफैंमा गलत होइनन। गलत त यस्ता विरुवा उत्पादन गर्ने नर्सरी हो। दशैंको टीका लगाउँदा समाजका भ्रष्ट पात्रको उदाहरण दिएर आफ्नो स्वधर्ममा कहिल्यै सम्झौता नगरेको छोरालाई अनैतिक काम गर्न उक्साउने बाउहरु यो देशमा कति छन ?

भगवान शिव, राम, हरि, सीताजस्ता सत्चरित्रवान देवताको नाम राखेर आफ्नो सन्तानको अनुहारमा त्यस्तै पराक्रम खोज्ने कतिका अभिभावक फाटेको टोपीले पसिना पुछ्दै सपनाको खाडलबाट निस्कने प्रयास गर्दै होलान ? राष्ट्रपति रामचन्द्र पौडेलका बाले घाँटी घाँटीसम्म रामायण कण्ठ गरेर आफ्नो उत्तराधिकारीबाट रामराज्यको राम कल्पना गरे होलान। भगवान रामचन्द्रको रामराज्य यस्तो विधिमा चलेको थियो कि अपराधी आफैं सरासर जेल जान्थ्यो। शिरमा एउटा रौं फुल्यो भने बाउले छोरालाई गद्दी हस्तान्तरण गर्थ्यो। दामचन्द्रहरुले चलाएको राज्यमा रामचन्द्रहरु फिका भए। यहाँको परिवेश यस्तो अनौठो परिदियो कि नातिको भागसम्म हजुरबा पुस्ताले भ्याएका छन्।

दामचन्द्रहरुले चलाएको राज्यमा रामचन्द्रहरु फिका भए। यहाँको परिवेश यस्तो अनौठो परिदियो कि नातिको भागसम्म हजुरबा पुस्ताले भ्याएका छन्।

हाम्रा नेताहरु सर्पको मुखमा परेको भ्यागुतो जस्ता भएका छन, जो कालको मुखमा पुग्दा पनि किरा फट्याङ्ग्रा भोजन गर्न चुक्दैन। समय यस्तो शक्तिशाली वस्तु हो, जसले सत्यबाहेक संसारका सबैथोक पखालेर लैजान्छ। जो मानिस जुन समयमा जन्मिन्छ, त्यो नै उसको समय हो। यदि समय बलवानले ठेक्कामा लिन सक्ने भइदिएको भए महाभारत, बेद, पुराण, रामायण लेख्ने ती कलमबाजले किन पो यो संसार छोड्न मान्थे होलान र ?

मानिसको जिन्दगीलाई दुईदिने त्यसै भनिएको होइन। एकदिन अनुकूल, अर्को दिन प्रतिकूल हुन्छ। अनुकूलमा जमिन नछोड्नु र प्रतिकूलमा धैर्य नगुमाउनु त्यसको मूल मर्म हो। जबसम्म पाप पाक्दैन, तबसम्म जताततै हरियाली छाउँछ। आफूलाई मैमत्त शक्तिशाली लाग्छ। समयको चक्र जब अर्को गतिबाट चल्छ नि, त्यसबेला अक्करेभीरको यात्रा पनि फिक्का लाग्छ। यो कसैलाई सोधेर आउँदैन। न भीसा, पासपोर्टकै दरकार पर्छ। हरेक मानिसको फल्ने, फुल्ने, झाँगिने एउटा आयतन हुन्छ। बीरबल बुद्धिमानी थिए, तर बुद्धिको आडमा राजा बन्न सकेनन्। राजा हुने बाटो त तिनै मूर्ख भनिएका अकबरले समातेका थिए।

पदमा बस्दा हेक्का राख्नुस्- तपाईंसँग ल्याण्डरोभर होस या साइकल आखिर कुदाउने बाटो उही हो। पिलपिले घडी लाउनुस या रोलेक्स- समय उही छ। तपाईं जहाजको इकोनोमी क्लासमा यात्रा गर्नुस या बिजनेस- गन्तव्य पुग्ने समय उही नै हो। हेर्नुस त मान्छेको चाहना उड्न पाए हुन्थ्यो तर चराको चाहना आफ्नै घर भए हुन्थ्यो। फरक यत्ति हो। प्लम्बर जतिसुकै दक्ष भएपनि आँखाबाट झरेको आँसु रोक्न सक्ने तागत उसँग हुँदैन। मानिसजस्तै प्रकृतिका अन्य संरचना जीवजन्तुले पेटभर खान्छन, भोलिको चिन्ता गर्दैनन। मानिस मात्र त्यो प्राणी हो, उ सन्तान दर सन्तानको अनन्त रहर मेटाउन अहिले लागि पर्छ। उस्तै परे गर्भमा नरहेको शिशुको चिन्ता गर्छ। तपाईंले खान नपाएर आजसम्म एउटा जंगली जनावर मर्यो भन्ने खबर सुन्नुभएको छ ?

सरकार चलाउनेहरुले नेपालमा बारम्बार दुईवटा कामको अभ्यास गर्छन्- एउटा निर्देशन दिने र अर्को निरन्तर बैठक बस्ने। निर्देशन दिनेले दिन्छ, सुन्नेले सुन्छ। न निर्देशन दिनेलाई दिएको निर्देशन पालना भए नभएको खोज्ने फुर्सद छ, न निर्देशन पाउनेले पालना गर्नुपर्छ भन्ने बाध्यता नै छ।

सरकार चलाउनेहरुले नेपालमा बारम्बार दुईवटा कामको अभ्यास गर्छन्- एउटा निर्देशन दिने र अर्को निरन्तर बैठक बस्ने। निर्देशन दिनेले दिन्छ, सुन्नेले सुन्छ। न निर्देशन दिनेलाई दिएको निर्देशन पालना भए नभएको खोज्ने फुर्सद छ, न निर्देशन पाउनेले पालना गर्नुपर्छ भन्ने बाध्यता नै छ। जीब्रोमा अंग्रेजी झुण्डिएर के गर्नु, कालो विरालोले बाटो काटेका नाममा स्वस्ति शान्ति गराउने झन् बढेका छन्। चलनका नाममा साउन महिनामा कपाल नकाट्ने, साउने पानी छल्न बुहारी माइत कुद्ने क्रम रोकिएको छैन। मंगलबार र शुक्रबार अशुभ हुन्छ भनेर घरको चोटा नकाट्नेहरु नछाँटिदा हवाइजहाज कम्पनीहरुले सहुलियत टिकटको उर्दी लाउनु परेको छ। त्यसैले संसारमा कसैले नगरेको नयाँ काम गर्छु भनेर उचालिनुको कुनै तुक छैन।

हेर्नुस त छिमेकी मुलुक भारतमा मोदीको दुई कार्यकाल नसकिँदा नेपालमा १५ सरकार फेरिए। ती सबैको पहिलो कर्तव्य काम नभएर निर्देशन दिने हो। पद बहाल हुँदा निर्देशन, निस्कँदा टीभीबाट जनताका नाममा सम्बोधन। अनि पदमा जाँदा उत्साह, झर्दा विलाप। कुर्सी पाउँदा जनता र लोकतन्त्रको सम्मान, कुर्सी खोसिँदा जनताको अधिकारमा कुठाराघात। राजनीतिमा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका उदाहरण हुन यी। राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट हुन्छ। त्यहाँबाट प्रधानमन्त्रीले बोकेर फर्किने कोसेली भनेको फगत निर्देशन हो।

राष्ट्रपतिले प्रधानमन्त्री, प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव, सचिवले सहसचिव बोलाउने अनि कामको नभएर निर्देशनको सरुवा, बढुवा गरिन्छ। त्यो भन्दा मुनि हजारौंको संख्यामा रहेका सरकारी अधिकारी, कार्यालय सहयोगी, चालक अनि मालीसम्मलाई निजामती ऐनले ट्रेड युनियनको राजनीतिक अधिकार दिएको छ। त्यो शक्तिलाई कसैको निर्देशन मान्नुपर्ने बाध्यता छैन।

बरु उस्तै परे मन्त्री र सचिव पँजनीको हैसियत बोकेर उनीहरु बसेका छन्। मन्त्रीहरुको साँचो सल्लाहकारको भूमिका तिनै खरिदार, मुखियाले निभाइरहेका हुन्छन्। स्वकीय सचिवको जिम्मेवारी चालक र घरमा भात पकाउने भान्सेले धानिरहेका हुन्छन्। ठूला मानिसका घरको फूल गोड्ने माली पनि करोडौं डिलमा व्यस्त हुन्छन्। एक लिटर पेट्रोल सित्तै पाउन ग्राहक खोज्नेहरु शक्तिकेन्द्रको निकट पुग्नासाथ रातारात आयल निगम निजीकरण गर्ने तानाबाना बुन्न थाल्छन्।

चिनेको भन्दा किनेको प्रभावकारी हुनु देश ओरालो लाग्नु पछाडिको प्रमुख कारण हो। हरेक पद लिलाम बढाबढमा चढाइन्छ। जब लिलाममा उछिनेर गएको मानिसले पद पाउँछ भने त्यसले बनाइदिएको समृद्ध देशको नागरिक भएर बाँच्न पाउँला भन्ने सोच्नु नै गलत हो।

जनप्रतिनिधिको चयनपछि यो क्रम वडासम्म पुगेको छ। यदि यस्तो नुहुँदो हो त राजनीति र अपराध उहिल्यै छुट्टिनु पर्थ्यो । राजनीतिक नेतृत्व भन्छ- स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँ पुग्यो। तर सिंहदरबारभित्रको कर्मचारीतन्त्र भन्छ- हामी गाउँको सिंहदरबार चिन्दैनौं। निर्देशन पालना नहुनुको कारण खोज्ने बैठक बस्ने आँट कसैले गर्दैन।

एकातिर संविधानले प्रधानमन्त्रीलाई मुलुकको कार्यकारी सीईओको अधिकार दिएको छ, त्यही प्रधानमन्त्री बाघ समितिको अध्यक्ष छोड्न तयार छैन। आफू राज्यका कुन कुन तहमा सहभागी छु भन्ने स्वयं उसलाई थाहा हुन्न। मुलुकका ५० बढी ठाउँमा प्रधानमन्त्री पदेन रहने व्यवस्था छ। अझ संसदका समितिहरुले दिएका निर्देशनको चाङले सरकार नै पुरिने स्थिति छ। चिनेको भन्दा किनेको प्रभावकारी हुनु देश ओरालो लाग्नु पछाडिको प्रमुख कारण हो। हरेक पद लिलाम बढाबढमा चढाइन्छ। जब लिलाममा उछिनेर गएको मानिसले पद पाउँछ भने त्यसले बनाइदिएको समृद्ध देशको नागरिक भएर बाँच्न पाउँला भन्ने सोच्नु नै गलत हो।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ९ : २० बजे

प्रधानमन्त्रीको प्रश्न- वन मन्त्रालयका कर्मचारी लर्को लागेर बाकु किन गएका ?

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सक्षम र

‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नै समस्याग्रस्त !

काठमाडौं – सहकारीमा देखिएका समस्या समाधान गर्दै पीडितलाई कसरी न्याय

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासकाबिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छ : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र

उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र

सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर

काठमाडौं- सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र प्रमुख