कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था | Khabarhub Khabarhub

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई ह्युम्यान राइट्स वाचले आप्रवासी कामदारको अवस्था र उनीहरूको अधिकारबारे सचेत गराएको छ ।

कतारी अमिरलाई नेपालमा भव्य स्वागतको तयारी भइरहँदा अमेरिकामा मुख्यालय रहेको उक्त विश्वचर्चित संस्थाले आप्रवासी कामदारको सुरक्षा र उनीहरूको अधिकारबारे सचेत गराएको हो ।

बंगलादेशको भ्रमण सकेर कतारी अमिर ढाकाबाट काठमाडौं अवतरण गर्दैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी छ ।

यस्तोमा नेपाल र बंगलादेशका कामदारहरूको अवस्थामा र उनीहरूको सुरक्षामा ध्यान दिन ह्युम्यान राइट्स वाचले भनेको हो । उक्त संस्थाले कतारको श्रमबजारमा नेपाल र बंगलादेशबाट मात्रै ८८ प्रतिशत कामदार कार्यरत रहेको पनि स्मरण गराएको छ । कम्तीमा यो भ्रमणका क्रममा दुवै देशका आप्रवासी मजदुरहरूको हितका लागि काम गर्न अमेरिकी संस्थाले कतारी अमिरलाई भनेको छ ।

ह्युम्यान राइट्स वाचका मध्यपूर्व तथा उत्तर अफ्रिकी क्षेत्रीय उपनिर्देशक माइकल पेजले नेपाल र बंगलादेशको भ्रमण कूटनीतिक शिष्टाचार आदानप्रदानमा मात्रै सीमित हुन नहुने अडान राखेका छन् । उनले दुवै देशबाट कतारमा रहेका लाखौँ मजदुरको पक्षमा कतारले प्रभावकारी कदमसहित सुरक्षा र अधिकारको रक्षा गर्न अमिरलाई भनेका छन् ।

‘कतारका राजाले दुवै देशकका राष्ट्र प्रमुखको भेटलाई कूटनीतिक शिष्टाचारमा मात्रै सीमित नगरेर मजदुरहरूको हितमा प्रभावकारी कदम चाल्नु आवश्यक छ । कतारमा श्रम गरेर फर्किएका आप्रवासी कामदारहरूले भरिएका डाइलाइसिस केन्द्रसम्म पुग्दै कतारमा श्रमका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई भेट्दै त्यहाँ जोखिमयुक्त काम गर्न विवश भएकाको अवस्थाबारे मनन गर्न सक्नु पर्छ ।’

बंगलादेश र नेपालका आप्रवासी कामदारहरूकै योगदनका कारण कतारले सन् २०२२ को विश्वकप गर्न सफल भएको हो । उक्त विश्वकपका लागि रंगशालासहितका पूर्वाधार बनाउने क्रममा दुवै देशका सयौँ कामदारले ज्यान गुमाएका थिए । त्यहीकारण कतारले विश्वजगतबाट चर्को आलोचना खेप्नु् परेको थियो ।

कतारको उचाइ लिँदो अर्थतन्त्रका लागि यी दुई देशका कामदार अपरिहार्य जस्तै छन् । ह्युम्यान राइट्स वाचले कतारी अमिर भ्रमणमा निस्किएको कतार–नेपाल र बंगलादेशको रुटमा दैनिक हजारौँ कामदारले अहिले पनि यात्रा गर्ने स्मरण गराएको छ ।

कतारले विदेशीहरूलाई नागरिकता दिँदैन । आप्रवासी कामदारहरू कतारमा केही वर्ष श्रम र पसिना बगाएर स्वदेश फर्किन्छन् । आर्थिक अवस्था कमजोर भएका दुवै देशका कामदारहरू कतार पुगेर जोखिमयुक्त काम गर्दै केही लाख पैसा कमाएर फर्किने गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १ : ०२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने