व्यासमा प्लास्टिक झोला निषेध | Khabarhub Khabarhub

व्यासमा प्लास्टिक झोला निषेध


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ जेठ १ गतेदेखि सबै प्रकारका प्लास्टिकका झोला प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको हो । 

नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। सामान खरिद गर्दा कपडा, फाइबर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले नगरवासीलाई आग्रह गरे। उनले भने, ‘प्लास्टिकका झोलाले वातावरण प्रदूषित बनाइरहेको छ । यसको विकल्पमा अन्य झोलाहरू प्रयोग गर्न प्रोत्साहन गरेका छौँ ।’

व्यापारीलाई प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोलामात्र बिक्रीवितरण गरी प्लास्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन न्यौपानेले आग्रह गरे। उनले भने, ‘हामीले प्लास्टिक झोलामुक्त नगर बनाउने अभियान धेरै पहिलादेखि लागू गर्न खोजेका हाैँ तर सफल हुन सकेको छैन । अब कडाइका साथ लाग्छौँ ।’

विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकका झोला बढी प्रयोग हुनेहुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न नगरपालिकाले आग्रह गरेको छ । प्लास्टिक झोला प्रयोग गरेको पाइए वा बिक्रीवितरण गरेको पाइएमा प्लास्टिक झोला जफत गरी जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।  

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १ : ४५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने