मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो | Khabarhub Khabarhub

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर सत्तामा रहिरहने योजनामा छन्।

उनले भारतमा जारी लोकसभा चुनावका र्‍याली र सभालाई निरन्तर सम्बोधन गरिरहेका छन्।

मोदीले मंगलबार राजस्थानको टोंक जिल्लामा आयोजित भाजपाको एक र्‍यालीलाई सम्बोधन गर्दै कांग्रेसप्रति निशाना साँधे ।

उनले उक्त र्‍यालीमा कांग्रेसलाई कयौँ मुद्दा घेर्ने कोसिस गरे । उनले सम्बोधनका क्रममा आफूलाई सन् २०१४ देखि जनताले देश सेवाको अवसर दिएको बताए।

आफूले देशको नेतृत्व सम्हाल्नुअघि कांग्रेसको शासनकालमा जम्मू कश्मीरमा आजका दिन पनि सेना र प्रहरीमाथि ढुंगा बर्सिरहने जिकिर उनले गरे।

टोंक जिल्लास्थित उनियारामा सम्बोधनका क्रममा मोदीले देशभित्रका जनता विभाजित हुँदा दुश्मनले फाइदा लिएको जिकिर गरे ।

उनले मंगलबार नै परेको हनुमान जयन्तीका अवसरमा कांग्रेसलाई प्रहार गरे। मोदीले कांग्रेसको शासनकालको स्मरण गर्दै त्यसबेला हनुमान चालिसासमेत वाचन गर्न नसक्ने अवस्था रहेको जिकिर गरे ।

कांग्रेसको शासनकालमा कर्नाटकमा एक जना पसलेलाई केवल हनुमान चालिसा पढेको आरोपमा मरनासन्न हुने गरी पिटिएको दाबी उनले गरे । कांग्रेसको शासनमा हनुमान चालिसा सुन्न र आफ्नो आस्था मान्न पनि मुश्किल भएको मोदीको भनाइ थियो ।

मोदीले राजस्थानमा अब भाजपा सरकार आएपछि आफ्नो आस्थामा कसैले पनि प्रश्न उठाउन नसक्ने बताए ।

‘अब तपाईंहरू चयनसँग हनुमान चालिसा पनि गाउन सक्नु हुन्छ । रामनवमी पनि मनाउन सक्नु हुन्छ । यो भाजपाको ग्यारेन्टी हो’, उनले भने, ‘कांग्रेसले त राम-राम भन्न नदिएर राजस्थानमा रामनवमीमै प्रतिबन्ध लगाएको थियो । कांग्रेसले शोभायात्रामा ढुंगामुढा गर्नेलाई संरक्षण दिएको थियो । यही कांग्रेस पार्टीले आफ्नो स्वार्थका लागि मालपुरा, करौली, टोंक र जोधपुरलाई दंगामा हालिदिएको थियो ।’

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : २१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’