मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो « Khabarhub

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर सत्तामा रहिरहने योजनामा छन्।

उनले भारतमा जारी लोकसभा चुनावका र्‍याली र सभालाई निरन्तर सम्बोधन गरिरहेका छन्।

मोदीले मंगलबार राजस्थानको टोंक जिल्लामा आयोजित भाजपाको एक र्‍यालीलाई सम्बोधन गर्दै कांग्रेसप्रति निशाना साँधे ।

उनले उक्त र्‍यालीमा कांग्रेसलाई कयौँ मुद्दा घेर्ने कोसिस गरे । उनले सम्बोधनका क्रममा आफूलाई सन् २०१४ देखि जनताले देश सेवाको अवसर दिएको बताए।

आफूले देशको नेतृत्व सम्हाल्नुअघि कांग्रेसको शासनकालमा जम्मू कश्मीरमा आजका दिन पनि सेना र प्रहरीमाथि ढुंगा बर्सिरहने जिकिर उनले गरे।

टोंक जिल्लास्थित उनियारामा सम्बोधनका क्रममा मोदीले देशभित्रका जनता विभाजित हुँदा दुश्मनले फाइदा लिएको जिकिर गरे ।

उनले मंगलबार नै परेको हनुमान जयन्तीका अवसरमा कांग्रेसलाई प्रहार गरे। मोदीले कांग्रेसको शासनकालको स्मरण गर्दै त्यसबेला हनुमान चालिसासमेत वाचन गर्न नसक्ने अवस्था रहेको जिकिर गरे ।

कांग्रेसको शासनकालमा कर्नाटकमा एक जना पसलेलाई केवल हनुमान चालिसा पढेको आरोपमा मरनासन्न हुने गरी पिटिएको दाबी उनले गरे । कांग्रेसको शासनमा हनुमान चालिसा सुन्न र आफ्नो आस्था मान्न पनि मुश्किल भएको मोदीको भनाइ थियो ।

मोदीले राजस्थानमा अब भाजपा सरकार आएपछि आफ्नो आस्थामा कसैले पनि प्रश्न उठाउन नसक्ने बताए ।

‘अब तपाईंहरू चयनसँग हनुमान चालिसा पनि गाउन सक्नु हुन्छ । रामनवमी पनि मनाउन सक्नु हुन्छ । यो भाजपाको ग्यारेन्टी हो’, उनले भने, ‘कांग्रेसले त राम-राम भन्न नदिएर राजस्थानमा रामनवमीमै प्रतिबन्ध लगाएको थियो । कांग्रेसले शोभायात्रामा ढुंगामुढा गर्नेलाई संरक्षण दिएको थियो । यही कांग्रेस पार्टीले आफ्नो स्वार्थका लागि मालपुरा, करौली, टोंक र जोधपुरलाई दंगामा हालिदिएको थियो ।’

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : २१ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी