कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा « Khabarhub

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा



काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा छ । तर, सानो व्यापारमा पनि नेपालले तुलनात्मक ठूलो घाटा ब्यहोर्दै आएको छ ।

पछिल्लो १० वर्षको तथ्यांक तुलना गर्दा आर्थिक वर्ष २०७०/७१ मा ११ लाख रुपैयाँमा सीमित रहेको नेपाल-कतार व्यापार गत आर्थिक वर्षसम्म आइपुग्दा झण्डै साढे १३ अर्ब रुपैयाँ नजिक पुगेको थियो । त्यस्तै चालु आवको चैत मसान्तसम्म डेढ अर्ब रुपैयाँ बढीको द्विपक्षीय व्यापार भएको छ ।

भन्सार विभागको चालु आवको ९ महिना अर्थात् चैत मसान्तसम्म कतारबाट नेपालले १ अर्ब ५३ करोड ५१ लाख ६७ हजार रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ । त्यस्तै सोही अवधिमा नेपालबाट कतारमा ९ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ ।

समीक्षा अवधिमा कतारसँग भएको कूल व्यापारमा नेपाललाई १ अर्ब ४४ करोड ३२ लाख २८ हजार रुपैयाँ व्यापार घाटा भएको देखिन्छ ।

त्यस्तै, अघिल्लो आव ०७९/८० मा नेपालले कतारबाट १३ अर्ब ३० करोड ६९ लाख १६ हजार रुपैयाँ बराबरको वस्तु आयात र ११ करोड ६ लाख ८८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

सो आर्थिक वर्षमा मा कतारसँग भएको कूल व्यापारमा नेपालले १३ अर्ब १९ करोड ६२ लाख २८ हजार रुपैयाँ व्यापार घाटा ब्यहोरेको थियो ।

नेपालका लाखौं युवाहरूलाई कतारले रोजगारी अवसर दिएको छ । पछिल्ला वर्ष कतार नेपाली प्रवासी श्रमिकहरूको मुख्य श्रम गन्तव्य बनेको छ ।

विश्व आर्थिक मञ्‍चमा पछिल्लो समय निरन्तर विकासको उकालो मार्ग पछ्याइरहेको कतारमा निर्यात सम्भावना व्यापक भए पनि नेपालले भने त्यसलाई पक्रन नसकेको तथ्यांकले देखाएको छ ।

मंगलबार कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी राजकीय भ्रमण क्रममा नेपाल आएका छन् । नेपालबाट निर्यात सम्भावना भएका वस्तुहरू निर्यात सहजीकरणबारे सरकारले उचित छलफल गर्न सके त्यसको लाभ नेपाली उत्पादक तथा निर्यातकर्ताहरूले प्राप्त गर्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १० : ३४ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक