‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’ « Khabarhub

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट प्रदर्शनमा आउँदै छ । फिल्मको नाम सुन्दा ‘हरर’ महसुस भए पनि यो सामाजिक ‘थ्रिलर’ रहेको अभिनेतृ केकी र निर्माण टीमले बताइरहेको छ ।

यो फिल्मको कुरा गर्दा जोडिएर आउने अर्को विषय हो – शीर्ष गीत ‘बुझिनँ मैले’ । निर्माण पक्षको उद्धेश्यअनुसार नै यो गीतले फिल्म प्रचार गर्न निकै सहयोग पुर्‍याएको देखिन्छ । यो गीत २० दिनमा युट्यूबमा ७८ लाखभन्दा बढीपटक हेरिसकिएको छ । गीतले छोटै अवधिमा युट्यूब ट्रेन्डिङको शीर्ष स्थानसमेत कब्जा गर्‍यो ।

‘…छमछम हातकै चुराले, रमझम रातैका कुराले, म बाँधिएकी हुँ या सजिएकी हुँ’ जस्ता हिन्दु नारीकेन्द्रित शब्दभावले यो गीतलाई गहन बनाएको छ । गीतका शब्द यसै यसैका गायक प्रकाश सपुतले लेखेका हुन् । महिला स्वर समीक्षा अधिकारीले दिएकी हुन् ।

तर प्रकाश सपुतले नै स्वर दिएको अंश ‘आकाशै बाँधौं, पातलै बाँधौं, भूत–प्रेत बाँधौं, वीर मसान बाँधौं’ भने यस फिल्मका निर्माता बद्री अधिकारी (केकीका बुबा) को पूरानो एक सिरियल ‘अविरल बग्छ इन्द्रावती’बाट प्रभावित छ । केही शब्द भने हू–बहु प्रयोग भएको छ ।

गीतमा फिरी लगाइरहेका जोगीको सन्दर्भबारे केकी भन्छिन्, ‘त्यस सिरियलमा एकोहोरो शंख बजेर ‘आकासै बाँधौं, पातलै बाँधौं’ भन्ने गीत बज्ने गर्थ्यो । मलाई त्यसले बाल्यकालदेखि नै एकदमै छोएको थियो । बुबालाई सम्मानका दिन पनि त्यो गीतको अंश प्रयोग गरौं भन्ने पनि लाग्यो । अनुमति दिएपछि त्यही गीतको थोरै अंश राखेर प्रकाशजीलाई गीत लेख्न लगाएका हौं ।’

हतारमा बनेको गीत

यो गीत हतारमै बनेको हो । फिल्मको टिजर सार्वजनिक भएपछि यो गीत लेखन र निर्माण भएको हो ।

केकी भन्छिन्, ‘यो गीत यति हतारमा तयार भएको हो कि रेकर्ड सकेकै दिन प्रकाशजी विदेश यात्रामा लाग्नुभयो । रेकर्डकै क्रममा केही शब्द थप पनि गरियो ।’

यद्यपि; यो फिल्मको कथाबारे भने प्रकाश सपूत पहिलेदेखि नै जानकार भएकाले छोटो समयमा गीत निर्माण सम्पन्न भएको केकीको बुझाइ छ ।

उनी थप्छिन्, ‘मलाई असल सल्लाह दिने मित्र हो प्रकाशजी । तीन वर्षअघि नै मैले उहाँलाई फिल्मको स्क्रिप्ट देखाएको थिएँ, उहाँले पनि कथा निकै मन पराउनुभएको थियो ।’

प्रकाशले लेखेका सशक्त शब्दले यो गीत धेरै दर्शकले मन पराउने अड्कल सुरुवाती दिनदेखि आफूले गरेको केकीले बताइन् । सोहीकारण यो गीत निर्माण पक्षसँग आफू प्रत्यक्ष सम्पर्कमै रहेको उनको भनाइ छ ।

केकी थप्छिन्, ‘टिजर सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया आएको थियो । तर जुन वर्ग र क्षेत्रका दर्शकले यो फिल्म हेर्नुपर्ने हो – उहाँहरूमाझ पुग्न सकेको थिएन । सोही कारण हामीले प्रकाशजीलाई गीत लेख्न लगाएका हौं । हामी यसमा केही सफल भयौं जस्तो लाग्छ ।’

फिल्म प्रचारका लागि समय कम भएकाले गीत तयार भएको भोलिपल्टै छायाङ्कनमा निस्किएको उनी बताउँछिन् । यस गीतका कोरियोग्राफर तथा निर्देशक सुनील क्षेत्रीले पनि छोटो समयमा गुणस्तरको काम निकाल्दा फिल्म प्रचारमा सहयोग पुगेको केकीले बताइन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : २३ बजे

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले