सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति « Khabarhub

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज आगलागी भएको छ । आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगो उनका छिमेकी रामदेव मेहताको घरमा राखिएको परालमा सल्केपछि अन्य १५ घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएका छन् । उनको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।

आगोले शिशौ टोलका सात परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ । आगोबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेकोे प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले आगो निभाएका थिए । आगो निभाउन सात दमकल प्रयोग गरिएको थियो । आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि पीडितको बिचल्ली भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै