आईपिएल: कोहलीले के-के बनाए रेकर्ड ? ७४१ रन, ६२ चौका, ३८ छक्का | Khabarhub Khabarhub

आईपिएल: कोहलीले के-के बनाए रेकर्ड ? ७४१ रन, ६२ चौका, ३८ छक्का


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार ६ खेलमा विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफमा पुगेको रोयल्स च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) इलिमिनेटरमा राजस्थान रोयल्ससँग पराजित भएको छ। यो हारसँगै आईपिएल यो सिजनबाट आरसिबी बाहिरिएको छ।

बुधबार राति इलिमिनेटरमा राजस्थानविरुद्ध २४ बलमा ३३ रन बनाएका कोहलीको यो आइपिएलको प्रदर्शन भने सम्झन लायक बनेको छ।

यो सिजनको आईपिएलका १५ खेलमा कोहलीले सर्वाधिक ७४१ रन बनाएका छन्। यो रन जोड्नका लागि ६२ वटा चौका प्रहार गरेका कोहलीले ३८ वटा छक्का हिर्काए। उनले पाँच खेलमा अर्धशतक प्रहार गर्दा एउटा शतक बनाए।

यो सिजनमा कोहलीले सबैभन्दा बढी चौका प्रहारको रेकर्ड आफ्नो नाममा राखेका छन्। कोहली ६२ वटा छक्का प्रहार गर्दै पहिलो नम्बरमा हुँदा सनराइजर्स हैदरावादका ट्रेभिस हेड ६१ वटा चौका प्रहार गर्दै दोस्रो स्थानमा छन्। चौका प्रहार गर्ने खेलाडीको पहिलो नम्बरमा रहेका कोहली छक्का प्रहारको सूचीमा भने दोस्रो नम्बरमा छन्। हैदरावादका अभिषेक शर्माले सर्वाधिक ४१ वटा छक्का प्रहार गरेका छन्।

कोहली आईपिएलको यो सिजनबाट बाहिरिसकेका छन् भने शर्माले कम्तिमा एक र बढीमा दुई खेल खेल्ने सम्भावना बाँकी छ। दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थानको सामना गर्दैछ। दोस्रो क्वालिफायरमा विजयी भए शर्माले फाइनलसम्म आफ्नो जादू देखाउने छन्।

सुरुवाती खेलमा टिम आरसिबी पराजित भए पनि कोहलीको प्रदर्शन भने सदाबहार बन्यो। पहिलो खेलमा चेन्नई सुपर किंससँग आरसिबी ६ विकेटले पराजित हुँदा कोहलीले २० बलमा २१ रन प्रहार गरे। दोस्रो खेलमा पञ्जाब किंग्समाथि चार विकेटको जित निकाल्दा कोहलीले शानदार अर्धशतक बनाए। ४९ बलमा ७७ रन जोड्दै कोहली म्यान अफ दि म्याच बने।

तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको आरसिबीका लागि कोहलीले भने नटआउट शानदार प्रदर्शन गरे। उनले ५९ बलको सामना गर्दै समान चारचार चौका र छक्काको मद्दतमा ८३ रन जोडे।

चौथो खेलमा लखनउ सुपर जायन्टसँग २८ रनले पराजित भएको आरसिबीका लागि कोहलीले १६ बलमा २२ रन जोडे।

नटआउट ११३ रन

पाँचौ खेलमा राजस्थान रोयल्सले आरसिबीमाथि ६ विकेटको जित निकाल्दा कोहलीले नटआउट शतक प्रहार गरे। उनले ७२ बलमा १२ चौका र ४ छक्काको मद्दतमा नटआउट ११३ रन प्रहार गरेका हुन्।

छैटौ खेल कोहलीको व्यक्तिगत स्कोरका लागि सबैभन्दा खराब बन्यो। मुम्बई इन्डियन्स ७ विकेटले विजयी भएको खेलमा कोहली ९ बलको सामना गर्दै मात्र ३ रन बनाए।

आठौं खेलमा आरसिबीमाथि सनराइजर्स हैदरावादले २५ रनको जित निकाल्यो। २० बलको सामना गरेका कोहली ४२ रनमा आउट भए।

सनसनीपूर्ण बनेको नवौं खेलमा भने कोहलीको प्रदर्शन राम्रो भएन। कोलकाता नाइट राइडर्सले बनाएको २२२ रनविरुद्ध ब्याटिङ गरेको आरसिबीले २२१ रन मात्र बनाएको थियो। मात्र १ रनले पराजित भएको आरसिबीका लागि कोहलीले ७ बलको सामना गर्दै १८ रन बनाएका थिए।

आरसिबी ३५ रनले विजयी भएको १० औं खेलमा कोहलीले सनराइजर्स हैदरावादविरुद्ध अर्धशतक प्रहार गरे। ४३ बलको सामना गरेका उनले ५१ रन बनाएका थिए।

आरसिबीले ९ विकेटको जित निकालेको गुजरात टाइटन्सविरुद्ध भएको ११ औं खेलमा कोहलीले नटआउट ७० रन बनाए। जसका लागि उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए।

गुजरात टाइटन्सविरुद्धको १२ औं खेलमा आरसिबी ४ विकेटले विजयी भयो। यो खेलमा कोहलीले २७ बलको सामना गर्दै ४२ रन बनाए ।

१३ औं खेलमा पञ्जाब किंग्सविरुद्ध आरसिबी ६० रनले विजयी भयो। आरसिबीको जितका लागि कोहलीले मात्र ४७ बलमा ७ चौका र ६ छक्काको मद्दतमा ९२ रन हिर्काए।

१३ औं खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनलको जित निकालेको आरसिबीका लागि कोहलीले १३ बलमा २७ रन जोडे भने समूह चरणको अन्तिम अर्थात् १४ औं खेलमा चेन्नई सुपर किंसविरुद्ध २७ रनको जित निकालेको आरसिबीका लागि कोहलीले २९ बलमा ४७ रन बनाए।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ६ : ४० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः