सभामुखबाट बुद्ध जयन्ती र उँभौलीको शुभकामना « Khabarhub

सभामुखबाट बुद्ध जयन्ती र उँभौलीको शुभकामना


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

किराँत समुदालयले मनाउने पर्व उँभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुखले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक रहेकाले विविधताभित्रको एकता नै नेपालीको मौलिक पहिचान भएको उल्लेख गरेका छन् ।

यस्तै, सभामुख घिमिरेले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन भगवान बुद्धका उपदेशले सबैलाई प्रेरित गर्ने बताएका छन् ।

आज २५६८औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिननी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ९ : ०७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली