कांग्रेसलाई कसले भड्कायो थाहा भएन, सहमतिकै पक्षमा छु : प्रधानमन्त्री | Khabarhub Khabarhub

कांग्रेसलाई कसले भड्कायो थाहा भएन, सहमतिकै पक्षमा छु : प्रधानमन्त्री

कैलाश सिरोहियाको गिरफ्तारी आफ्नै निर्देशनमा भएको प्रचण्डको स्पष्टोक्ति


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेपाली कांग्रेससँग अहिले पनि सहमतिकै पक्षमा रहेको बताएका छन् । सहकारी ठगीबारे संसदीय छानविन समिति बनाउन आफू तयार रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । कार्यदलमा सहमतिको प्रयास टुंगिनै लाग्दा नेपाली कांग्रेसलाई कसैले भड्काएको प्रधानमन्त्रीको गुनासो छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र दिन बुधबार अपराह्न बालुवाटार पुगेका सम्पादकहरुको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफू सहमतिका साथ अगाडि बढ्न चाहेको बताएका हुन् । तर, नेपाली कांग्रेस र आफूवीचको राम्रो सम्बन्धलाई कसैले भड्काएर खेल्न खोजेको आशय प्रधानमन्त्रीले प्रकट गरेका थिए ।

‘नेपाली कांग्रेसलाई कसले भड्कायो थाहा छैन,’ प्रधानमन्त्री दाहालको भनाइ थियो, ‘तर, म अहिले पनि सहमतिकै पक्षमा अघि बढ्ने प्रयासमा छु । संसदीय समिति बनाएर अघि जाने पक्षमै छु ।’

प्रधानमन्त्री दाहालले यस्तो बताइरहँदा जेठ ७ गते संसदमा प्रधानमन्त्री दिएको अभिव्यक्ति पनि स्मरणीय रहेको कांग्रेस नेताहरु बताउँछन् । सो दिन प्रधानमन्त्रीले कांग्रेसलाई चेतावनी दिँदै भनेका थिए,‘नेपाली कांग्रेसले गल्ती ग¥यो । यसको मूल्य निकै चर्को पर्न सक्छ ।’

सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले कैलाश सिरोहियाको गिरफ्तारी गृहमन्त्री रवि लामिछानेको एकल निर्णयबाट नभएर त्यसमा आफ्नो पनि निर्देशन रहेको र सो गिरफ्तारीको जिम्मेवारी आफूले लिने स्पष्ट पारेका थिए ।

नागरिकताको विषयमा भइरहेको अनुसन्धानलाई प्रेस स्वतन्त्रताको विषय नबनाउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले भनेका थिए, ‘म रहुञ्जेल प्रेस स्वतन्त्रतामा आँच आउन दिन्नँ, ढुक्कु हुनुहा्ेस् ।’

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १० : ५६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको