सन्दीपलाई भिसाका लागि ज्ञानेन्द्र शाही र पारसले भेटे गृह र खेलकुद मन्त्री « Khabarhub

सन्दीपलाई भिसाका लागि ज्ञानेन्द्र शाही र पारसले भेटे गृह र खेलकुद मन्त्री


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाको भिसाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विभिन्न मन्त्रीलाई भेटेका छन् ।

टी-२० विश्वकप क्रिकेट खेल्न तयार रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि पहल गरिदिन माग गर्दै राप्रपा प्रमुख सचेतक शाहीले क्यान सचिव खडका साथमा लिएर विभिन्न मन्त्रीलाई भेटेका हुन् ।

उनीहरू दुवैजनाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटेर छलफल गरेका छन् ।

शाहीका अनुसार यसबारेमा प्रधानमन्त्रीको सचिवालयलाई पनि टेलिफोन गरेर भिसाका लागि पहल गर्न आग्रह गरिएको बताएका छन् ।

सन्दीपलाई बुधवार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । उक्त कुराको पुष्टि सन्दीप आफैंले सामाजिक सञ्जालबाट गरेका थिए ।

सन् २०१९ मा अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले सामाजिक सञ्जालमा लेखेपछि दूतावासले बोलाएर दिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १२ : १९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा