पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज | Khabarhub Khabarhub

पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ मा २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । 

उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ मिटर पक्की नहर निर्माण र तीन सय मिटर पाइप लाइन जडान गरेर सिँचाइ गर्ने व्यवस्था मिलाएको जानकारी दिए। 

‘नहर निर्माण र पाइप लाइन जडान भइसकेको आयोजनाबाट पानी ल्याएर सिँचाइ गर्न थालेका छौँ’, उनले भने , ‘सुरु गरेको दुई महिनामा योजना निर्माण सम्पन्न गरिएको हो ।’

गत वर्ष पनि प्रदेश सरकारको रु १० लाख बजेटबाट दाजुङखोलाको दोभानदेखि फूलबारीतर्फ दुई सय ६६ मिटर पक्की नरह निर्माण भएको थियो । करिब ५० घरधुुरी कृषकको एक सय ७५ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको स्थानीय भीमबहादुर बुढाले बताए । 

‘कच्ची नहरमा मुुहानबाट हालेको पानी सोसिएर खेतबारीमा पुर्‍याउनै कठिन भएको थियो’, उनले भने, ‘पक्की नहर बनेपछि मुहानबाट हालेको सबै पानी खेतबारीमा पुग्न थालेको छ ।’ श्रमदान गरेर बर्सेनि नहर सफा गर्नुपर्ने समस्या पनि हटेको छ । 

उपभोक्ताहरू नै मजदुरका रुपमा आयोजना निर्माणमा परिचालन भएकाले विकाससँगै रोजगारीको सिर्जना भएको बुढाले बताए । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयमार्फत चालु आर्थिक वर्षमा ६० सिँचाइसम्बन्धी आयोजना निर्माणाधीन रहेका छन् ।

अधिकांश आयोजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका प्रमुख झलकमोहन ओझाले बताए। 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १ : ५८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः