मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको 'स्टेज' भत्किँदा नौ जनाको मृत्यु | Khabarhub Khabarhub

मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ५० जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । 

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दृश्यलाई देखिन्छ । 

गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा  वर्णन गरे । 

पीडितका आफन्तहरूले हावाको तीव्र बेगकाका कारण स्टेज खसेको बताएका छन् । भिडियो सामाग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो ।  

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनावी र्‍याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो । कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेदवारहरूले पनि भाग लिएका थिए ।

मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : ४१ बजे

गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा

पोखरा – गण्डकी प्रदेशसभामा सदस्य एवम् ऊर्जा, सिँचाइ तथा खानेपानी

अनु शाहको कमब्याक फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक 

काठमाडौं- राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको

ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन : बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै ठानून्

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई नागरिकले महसुस

तनावपछि कावासोतीमा सहमति – मृतक तीन महिलाका परिवारलाई जनही १० लाख

पूर्वी नवलपरासी- बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु

वीर अस्पतालमै रगत अभाव, प्रशासनलाई छैन चासो

काठमाडौं – रुकुमबाट बिरामी आमा ल्याएर वीर अस्पतालमा उपचार गराइरहेकी