संसद् खुलाउन एकीकृत समाजवादीले सत्ता र प्रतिपक्षसँग छलफल गर्ने | Khabarhub Khabarhub

संसद् खुलाउन एकीकृत समाजवादीले सत्ता र प्रतिपक्षसँग छलफल गर्ने


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले लामो समयदेखि संघीय संसद्मा देखिएको अवरोध खुलाउन पहल थाल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको ८२औँ सचिवालय बैठकले सहकारीको बचत हिनामिना, दुरुपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेको प्रतिपक्षी नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेसहितसँग छलफल गर्ने निर्णय गरेको हो ।

यस्तै एकीकृत समाजवादीको यो बैठकले १० औँ महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ ।

सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीको १० औँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : ५९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका