'गाउँ आएको बाटो'को ट्रेलर : दयाहाङको चोयाको पेसा संकटमा | Khabarhub Khabarhub

‘गाउँ आएको बाटो’को ट्रेलर : दयाहाङको चोयाको पेसा संकटमा


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको ‘फिल्म गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार कमलपोखरीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा विकासले गाउँले पेसालाई निस्तेज गरेको देखाइएको छ । गाउँमा पालको बिक्रीसँगै दयाहाङ राई (बाबु) को चोयाको सामाग्री बनाउने पेसा संकटमा परेको देखाइएको छ । छिमेकमा टेलिभिजन हेर्न जाँदा छोरा प्रसन राई (बिन्द्रे) लाई हेपेको प्रसङ्ग पनि ट्रेलरमा देख्न सकिन्छ । 

दुर्गम गाउँमा मोटर बाटो पुगेपछि सामान्य आर्थिक अवस्था भएकाको जीविकोपार्जन अझ कठिन हुँदै गएको विषय ट्रेलरले बोलेको छ । दुर्गम गाउँको एक राई परिवारमा आधारित कथामा फिल्म बनेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा बाबु र बिन्द्रे हाबी छन् । 

बाबुको श्रीमतीको भूमिकामा पशुपति राईलाई देख्न सकिन्छ । मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता अमोद राई हुन् । सञ्जु राई, नरहाङ राई, भीम राई र देवराज राई भने कार्यकारी निर्माताका रुपमा रहेका छन् । 

जेठ २५ गते यस फिल्मको प्रदर्शन मिति तोकिएको छ । यो विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाउन सफल फिल्म हो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : ०२ बजे

ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६ देखि ३० वर्षका

काठमाडौँ- जेन-जी समूहले गरेको आन्दोलनका क्रममा संसद् भवन क्षेत्रमा भएको

अझै तनावग्रस्त छ बानेश्वर, प्रहरी र प्रदर्शनकारीबीच झडप जारी

काठमाडौं– अझैपनि काठमाडौंस्थित बानेश्वरक्षेत्र तनावग्रस्त बनिरहेको छ । जेन-जी पुस्ताका

प्रदर्शनमा घाइतेको उपचारका लागि रगत अभाव, ट्रमा बाहिर रोडमा रगत माग्दै जेनजी

काठमाडौं– जेनजीको आन्दोलन हिंसात्मक बनेपछि घाइते भएका प्रदर्शनकारीको उपचारका लागि

इटहरीमा गोली लागेर दुई जनाको मृत्यु, उपमहानगरको आगो नियन्त्रमा आउन सकेन

काठमाडौं– जेन-जीको प्रदर्शनका क्रममा सुनसरीमा दुई जनाको मृत्यु भएको छ

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं– नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय