कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित « Khabarhub

कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा भेनेजुएलाले पहिलो जित निकालेको छ । आज बिहान लेभिस स्टेडियममा सम्पन्न समूह ‘बी’ को खेलमा इक्वेडरलाई २–१ गोलले हराउँदै भेनेजुएलाले जित निकालेको हो ।

भेनेजुएलाका लागि जोन्डर काडिज र एडवार्ड बेलोले एक–एक गोल गरेका थिए । यस्तै, इक्वेडरका जेरेमी सार्मिएन्टोले एक गोल गरेका थिए ।

खेलमा इक्वेडरले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । इक्वेडरका सार्मिएन्टोले खेलको ४०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर ६४औँ मिनेटमा काडिजले गोल गर्दै भेनेजुएलालाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि भेनेजुएलाकै एडवार्डले ७४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै पहिलो खेलबाट भेनेजुएला ३ अंकका साथ समूह ‘बी’ को शीर्षस्थानमा छ । पराजित भएको इक्वेडर अंकविहीन रहँदै चौथो स्थानमा छ । समान खेल खेलेका मेक्सीको र जमैका एक–एक अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

यो पनि…
कोपा अमेरिका : पेरु र चिलीले खेले बराबरी

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : २४ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत