लोकतन्त्रको लाभ सबै जाति र समुदायसँग जोडिनु पर्छ : प्रधानमन्त्री « Khabarhub

लोकतन्त्रको लाभ सबै जाति र समुदायसँग जोडिनु पर्छ : प्रधानमन्त्री


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् ।

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

संविधानले आदिवासी जनजातिलाई समानता र सामाजिक न्यायको हक सहितको विभिन्न अधिकारहरू प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानतः सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिअन्तर्गत आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गरे ।

उनले जनजाति समुदायको सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि मातृभाषाको संरक्षण सहितको आदिवासी जनजाति लक्षित खुला र जीवन्त सङ्ग्रहालय र नमुना सांस्कृतिक सम्पदा संरक्षण र विकास गर्न जरूरी रहेको बताए ।

‘आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, र परम्पराको संरक्षण गर्नका लागि राष्ट्रिय स्तरमा आदिवासी जनजाति विश्वविद्यालय सञ्चालन गर्न आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न प्राथमिक तहदेखि नै मातृभाषामा पठनपाठन गर्न जरूरी छ ।’

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले जाति, भाषा, धर्म, संस्कार संस्कृति, साहित्य र समाज विकासमा प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीयता र गणतन्त्रको स्थापना पश्चात नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचानलाई संस्थागत गरिएको बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ०७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै, राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छिमेकी

देशका विभिन्न भूभागमा मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

पर्यटकीयस्थल टोड्के जोड्ने सडक

म्याग्दी – बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के

आईपीएलमा सर्वाधिक विकेट लिएका राबाडालाई पर्पल क्याप

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा उपविजेता बनेको