प्रधानमन्त्रीलाई माओवादीको सिट संख्या जादुवाला लाग्नु स्वाभाविक : महेश बर्तौला  « Khabarhub

प्रधानमन्त्रीलाई माओवादीको सिट संख्या जादुवाला लाग्नु स्वाभाविक : महेश बर्तौला 


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीको सांसदको संख्याका कारण निरन्तर सरकारको नेतृत्व गर्ने अवसर पाएको प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता रहेको टिप्पणी गरेका छन् ।

संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले प्रधानमन्त्री प्रचण्डलाई माओवादीको सिट संख्या जादुवाला रहेको लाग्नुलाई अस्वाभाविक मान्न नसकिने भन्दै अहिलेको अवस्था हेर्दा प्रधानमन्त्रीको अभिव्यक्तिमा केही सत्यता नै रहेको बताएका हुन्  ।

अहिलेको सरकार पुरा अवधि चल्ने र कसैले भत्काउन नसक्ने उनको भनाइ छ । यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरूसँग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पुरै अवधि सरकार सञ्चालन गर्न सकिने बताएका थिए ।

उनले एमालेका लागी प्रधानमन्त्री र मन्त्री वा सत्ता ठूलो कुरा नभएको जिकिर गरे ।

बर्तौलाले कांग्रेसले भनेजस्तो प्रधानमन्त्री कमजोर नभएको भन्दै प्रधानमन्त्री प्रचण्ड कै नेतृत्वमा मुलुकलाई अघि बढाउने र सबै मन्त्रीहरूले साथ दिने जिकिर गरे ।

उनले सरकारले राम्रोसँग काम गर्ने सामर्थ्य राखेका कारण कांग्रेसले सत्तापक्षलाई उत्तेजित पार्ने अभिव्यक्ति दिने गरेको टिप्पणी गरे ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ४० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर