५ अंकले घट्यो नेप्से, फाइनान्स बढ्दा अन्य सबै समूह राताम्य  « Khabarhub

५ अंकले घट्यो नेप्से, फाइनान्स बढ्दा अन्य सबै समूह राताम्य 


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो अर्थात् आइतबार नेपाल स्टक एक्सजेञ्ज (नेप्से) राताम्य भएको छ । फाइनान्समा उत्साह आउँदा अन्य समूहमा भने निराशा देखिएको छ ।

आज नेप्से ५.३७ अंकले घट्दा नेप्से परिसूचक २०६२.९४ विन्दु कायम भएको छ । आइतबार ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१ हजार ५१३ पटक किनबेच भएको छ ।

फाइनान्स समूह १२८.५३ अंकले बढ्दा ७८ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । मूल्य बढेका कम्पनीहरूमा सकारात्मक सर्किट हान्नेमा पनि अधिकांश फाइनान्स र लघुवित्त रहेका छन् ।

आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको शेयर मूल्य घट्दा लघुवित्त र म्युचल फण्डको मूल्य बढी घटेको छ । आज होटल एण्ड टुरिजम समूह ५८.७४ अंकले घट्दा आज कारोबार भएका ३१७ वटा कम्पनीमध्ये १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स आज पनि राताम्य भएको छ । आज सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । पोखराको आज १७ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी रिलायन्स फाइनान्स शेयर कारोबार भएको छ । रिलायन्सको ३ लाख ९ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : ३३ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१