जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह « Khabarhub

जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ ।

जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र नेपाल प्लाइउड उत्पादक सङ्घले आज पत्रकार सम्मेलन गरी स्वदेशकै वनपैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको कच्चापदार्थ भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुटको व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

जैविक ऊर्जा व्यवसायी सङ्घ नेपालका अध्यक्ष सुशील ज्ञवालीले दाउरा, वनमारा, ब्रिकेट, प्यालेटमा विगतमा दिइएको भ्याट छुट हटाइँदा औद्योगिक इन्धन आयात प्रतिस्थापनको सम्भावना नरहने बताए । ‘एकातिर तयारी उत्पादनलाई पुनः आयात गर्न सहज हुनेगरी पैठारी घटेको छ भने अर्कातिर सञ्चालनमा आउँदै गरेका ब्रिकेट, प्यालेटलगायत वन पैदावारमा आधारित उद्योगहरू बन्द हुने अवस्था छ,’ अध्यक्ष ज्ञवालीले भने ।

केही युवाले वन क्षेत्रमा खेर गइरहेको वनपैदावार तथा कृषि वस्तु (वनको झाडी, वनमारा, काठको धुलो, वगास, प्लाइ वैस्ट, आदि) उपयोग गरी उद्योग स्थापना गरिरहेका छन् ।

यी उद्योगहरूले वनमारालगायत वनजन्य कच्चापदार्थहरुबाट तापीय ऊर्जाका लागि ब्रिकेट, पेलेट उत्पादन गरी बाहिरबाट आयातित जीवास्मा इन्धन (डिजल, कोइला, एलपिजी ग्यास) प्रतिस्थापन गर्ने लक्ष्य लिएका छन् ।

ऊर्जा उत्पादनको नयाँ विकल्प ल्याई आयातित जिवास्म इन्धन प्रतिस्थापनमा लागेका उद्योगलाई निरुत्साहित नगर्न नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमनारायण घिमिरेले आग्रह गरे ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गणेश शाहले ब्रिकेट तथा प्यालेटमा पहिलो पटक भ्याटको भार थपिनु र सोही वस्तु भारतबाट आयात हुँदा भ्याट तथा भन्सार शुल्क शून्य बनाइनु पश्चगामी कदम भएको टिप्पणी गरे ।

उनले सरकारले त्यस्तो प्रस्ताव फिर्ता लिनुपर्ने अन्यथा सोको विरोधमा अभियान सञ्चालन हुने जनाए ।

वातावरण विज्ञहरु भरतराज पोखरेल र सन्तोषमणि नेपालले पनि बजेटमा भएको उक्त व्यवस्थाले स्वदेशी उद्योग र रोजगारीलाई प्रतिकूल असर पार्ने बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : ५९ बजे

‘काकु’लाई डेब्यू निर्देशनमै ठूलो सफलता, ‘परान’ बन्यो सर्वाधिक व्यापार गर्ने छटौं फिल्म

काठमाडौं – टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’को चरित्र ‘काकु’बाट चर्चामा आएका

महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डे भन्छन् : दबाब होइन, विश्वासले निर्णय लिँदैछ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डेले

पोखरेल अध्यक्ष र पाण्डेले महासचिवमा दिए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनका लागि अध्यक्षमा ईश्वर पोखरेलले पनि

विदेशमा रहेका नेपालीले ४ महिनामा पठाए झण्डै ७ खर्ब रेमिट्यान्स, ३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह

उपाध्यक्षमा उम्मेदवारी दिएका रघुजीलाई पोखरेल समूहले समेट्ने

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा पूर्वशिक्षामन्त्री रघुजी पन्तले पनि उम्मेदवारी