छोरालाई काखा, छोरीलाई पाखा किन ? | Khabarhub Khabarhub

छोरालाई काखा, छोरीलाई पाखा किन ?



नेपाली समाजमा छोरीहरू प्रायः छोराको तुलनामा फरक दृष्टिकोणले हेरिन्छन्। छोरालाई परिवारको धरोहर, सम्पत्ति र नाम कायम राख्ने भनेर उच्च प्राथमिकता दिइन्छ। छोरीहरूलाई भने, ‘पराया धन’ अर्थात् अन्ततः अर्काको परिवारमा जाने भनेर हेरिन्छ। यसले गर्दा छोरीहरूको शिक्षा, स्वास्थ्य, र भविष्यका अवसरमा कम ध्यान दिइन्छ।

छोराहरूलाई उच्च शिक्षा र पेशागत सफलता हासिल गर्न प्रोत्साहित गरिन्छ भने छोरीहरूलाई प्रायः घरायसी काम र परम्परागत भूमिकामा सीमित गरिन्छ। यस प्रकारको असमानताले छोरीहरूको आत्मसम्मानमा असर पार्छ र उनीहरूको जीवनका अवसरहरूमा अवरोध खडा गर्छ।

हाम्रो समाजका पुराना नियम अनुसार हरेक छोराले त्यही अधिकार पाएको हुन्छ, जुन छोरीले पाएकी हुँदिन । जस्तै कि माया, सम्मान, स्वतन्त्रता आदि। छोरी हो भन्दैमा मलाई किन फरक व्यवहार ? किन फरक माया ?

हाम्रो समाजमा छोराहरूलाई प्राथमिकता दिइन्छ र छोरीहरूले बढी संघर्ष गर्नुपर्छ। नेपाल एक समृद्ध विविधतायुक्त र सांस्कृतिक धरोहर भएको देश हो। यसको सामाजिक संरचना र रूचीले नेपाली समाजलाई पुरुष प्रधानतामा धकेलेको हो।

नौ महिनासम्म महिनावारी नभई रगतको ढिक्काबाट जन्मेको पुरुषले आज त्यही महिलाको सम्मान गर्न सक्दैन। छोराका सबै कर्तव्य निभाउँदा पनि म किन फरक हुन्छु यो समाजमा ? ममाथि के को कमी छ ? के म कुनै कुरा सक्षम छैन कि? म मेरा बाबुआमाको ख्याल राख्न सक्दिनँ ? के म विवाहपछि मेरो दुवै घर चलाउन सक्दिनँ ? ममाथि किन फरक व्यवहार हुन्छ ?

 

मैले धेरै सुनेकी छु कि पूर्वजन्मको बाबुको ऋण तिर्न छोराको जन्म हुन्छ । जसको ऋण हुँदैन, उसको घरमा छोरीको जन्म हुन्छ। भन्नलाई त यस्ता कुरा धेरै छन् । तर सुनिदिने कोही छैन।

आफ्नो घरमा महारानी बनेर बसेकी एउटी छोरी अरू कसैको घरको नोकरानी भन्दा पनि तल गिरेर बस्नु पर्छ हाम्रो यो समाजमा। ती बाबाआमा, जसले आफ्नो सबैभन्दा राम्री र प्यारी फूल जस्ती छोरी अरू कसैको बगैंचामा पठाउनु हुन्छ तर कसैले त्यो फूल चुँडिदेला कि भन्ने पिर आखिर कहिलेसम्म?

हरेक बाबुआमा हाम्रा लागि महान नै हुनुहुन्छ । तर, किन बुहारीका लागि सधै खराब बन्नुहुन्छ ? आफ्ना सासू ससुरा खराब देख्ने नन्द र आमाजूहरु आफ्नी आमाले भाउजू र बुहारीमाथि गरेको दुर्व्यवहार किन देख्दैनन् ?

हाम्रो समाजमा अत्याचार घटाउन त सकिन्न, किनकि कसैको घरबाट आएकी अरूकी छोरीमाथि कसैलाई माया हुँदैन। त्यसैले, हरेक बाबुआमाले आफ्नी छोरीलाई कर्तव्य सिकाउँदै गर्दा कृपया उनीहरूलाई परेको मानसिक र शारीरिक पीडाको पनि खुलेर विरोध गर्न सिकाउनुहोस् । ताकि कुनै पनि छोरी अरूको घरमा गएर यसरी विभत्स रूपमा मारिनु नपरोस्।

 

हरेक बाबुआमा हाम्रा लागि महान नै हुनुहुन्छ । तर, किन बुहारीका लागि सधै खराब बन्नुहुन्छ ? आफ्ना सासू ससुरा खराब देख्ने नन्द र आमाजूहरु आफ्नी आमाले भाउजू र बुहारीमाथि गरेको दुर्व्यवहार किन देख्दैनन् ? उल्टै बाबुआमाको कुरा सुनेर नानाथरी मानसिक तनाव दिन किन छोड्दैनन् ? आखिर कसैको मानसिक अनि शारीरिक पीडाले तिमीहरूलाई के मिल्छ ?

आज हजारौं छोरीहरूले नबुझ्ने घर पाएर अकालमै ज्यान गुमाउनु परेको छ। आखिर यो विभेद कहिलेसम्म ? दोषीलाई कारबाही गर्न यो सरकार किन पछाडि हट्दै छ ? के अझै हरेक नारीले आफ्नो ज्यान गुमाउन पर्ने हो?

तपाईं हाम्रो सानो प्रयासले यहाँ हरेक बुहारी/छोरी सुरक्षित हुन सक्छिन्। त्यसैले आफूले सक्ने प्रयास आफ्नो ठाउँबाट गर्नुहोस्।

तपाईं हाम्रो सानो प्रयासले यहाँ हरेक बुहारी/छोरी सुरक्षित हुन सक्छिन्। त्यसैले आफूले सक्ने प्रयास आफ्नो ठाउँबाट गर्नुहोस्। समाजमा रहेका असमानता र अन्यायलाई हटाउन हरेकले आ-आफ्नो ठाउँबाट सचेत भई काम गर्नुपर्छ। छोरीहरूलाई उचित शिक्षा, माया, सम्मान र अवसर दिनु हाम्रो कर्तव्य हो।

समाजको दृष्‍टिकोण परिवर्तन गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ। हरेक छोरीले आफ्नो जीवनका अवसरहरूमा समानता पाउनुपर्छ र आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ।

भनिन्छ, हिन्दुधर्म अनुसार छोराहरूलाई परिवारको धरोहर मानिन्छ र उनीहरूले परिवारको आगामी सुरक्षा र समृद्धिको जिम्मेवारी लिन्छन्। तर, यस्तो सोचले छोराहरूलाई प्राथमिकता प्रदान गर्दछ, जबकि छोरीहरूलाई सामाजिक रूपमा कम ध्यान दिइन्छ ।

भागवत गीतामा, कृष्ण भगवान सिकाउनुहुन्छ कि मान्छेले केवल शरीरलाई मार्न सक्छ, आत्मा अमर हुन्छ। हो, त्यसै गरी छोरी हो भनेर मलाई त समाजले मार्ला, तर मेरो आत्मालाई कसरी मार्न सक्छ ?

मनुस्मृति लेखिएको छ-

यथैवात्मा तथा पुत्रः पुत्रेण दुहिता समा।
तस्यामात्मनि तिष्ठन्त्यं कथमन्यो धनं हरेत्। (मनुस्मृति ९.१३०)

अर्थात्, पुत्रलाई आफ्नो आत्मासरह सम्झ, छोरीलाई पुत्र समान। जब आत्मा समानकी छोरी छ, तब उसको हिस्साको सम्पत्ति अरु कसैलाई कसरी दिन सकिन्छ ?

(शाहिना अमेरिकामा अध्ययनरत विद्यार्थी हुन्)

यो पनि

ब्लग : विदेशमा नेपाली विद्यार्थीको पीडा

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : ३६ बजे

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित