अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा | Khabarhub Khabarhub

अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सोल – रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग जुध्न अमेरिकाले सैन्य तालिम बढाउँदै जापानलाई समावेश गर्ने तीनतर्फी युद्धाभ्यास गर्न आणविक शक्तियुद्ध अमेरिकी विमानवाहक पोत शनिबार दक्षिण कोरिया पुगेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै साता भएको ठूलो सम्झौताको विरोधमा दक्षिण कोरियाले रुसी राजदूतलाई बोलाएको एक दिनपछि बुसानमा युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक समूहको आगमन भएको हो ।

उत्तर कोरिया र रुसबीच भएको सम्झौताले युद्धको अवस्थामा आपसी रक्षा सहयोग गर्ने वाचा गरेको छ । दक्षिण कोरियाले उक्त सम्झौता उसको सुरक्षाका लागि खतरा भएको बताएको छ ।

उसले प्रतिक्रियास्वरूप रुसी आक्रमणविरुद्ध लड्न सहयोग गर्नका लागि युक्रेनलाई हतियार पठाउनेबारे विचार गर्नसक्ने चेतावनी दिएको छ । दक्षिण कोरियाको उक्त कदमले निश्चितरूपमा मस्कोसँगको सम्बन्ध बिग्रिन सक्छ ।

जुनको प्रारम्भमा सिङ्गापुरमा आफ्ना रक्षा प्रमुखहरूबीचको बैठकपछि संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले फ्रिडम एज युद्धाभ्यासको घोषणा गरेका थिए ।रुजवेल्ट स्ट्राइक समूहले जुनभित्र शुरु हुने अपेक्षा गरिएको युद्धाभ्यासमा भाग लिनेछ । दक्षिण कोरियाको सेनाले प्रशिक्षणको विशिष्ट विवरण तत्काल स्पष्ट गरेको छैन ।

क्यारियर स्ट्राइक समूह नाइनका कमान्डर रियर एडमिरल क्रिस्टोफर अलेक्जेन्डरले अभ्यासको उद्देश्य जहाजहरूको सामरिक दक्षता तीव्र बनाउनु र मुलुकहरूको नौसेनाहरूबीच अन्तरसञ्चालनमा सुधार गर्नु रहेको बताए ।

“यो अभ्यास हामी कुनै पनि सङ्कट र आकस्मिकताको जवाफ दिन तयार छौँ भन्ने सुनिश्चित गर्न हो”, उनले भने । पोतको आगमनले सहयोगीहरूको बलियो प्रतिरक्षा मुद्रा र ‘उत्तर कोरियाली धम्कीलाई जवाफ दिने कठोर इच्छालाई’ दर्शाउने दक्षिण कोरियाको नौसेनाले एक विज्ञप्तिमा बताएको छ ।

पोतको यात्रा अर्को अमेरिकी विमानवाहक पोत युएसएस कार्ल विन्सन उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शन गर्नका लागि दक्षिण कोरिया आएको सात महिनापछि हुँदैछ । यद्धाभ्यास पूरा भएपछि रुजवेल्ट स्ट्राइक समूह क्षेत्रीय स्थिरतालाई बढावा दिन, आक्रामकतालाई रोक्न र क्षेत्रमा वाणिज्यको स्वतन्त्र प्रवाहको रक्षा गर्नका लागि मध्यपूर्वका लागि प्रस्थान हुने पेन्टागनका प्रवक्ता मेजर जनरल प्याट राइडरले विज्ञप्तिमा बताएका छन् ।

उत्तर कोरियाको बढ्दो धम्कीको सामना गर्दै संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले आफ्नो संयुक्त प्रशिक्षणको विस्तार गरेका छन् र उत्तर कोरियालाई तर्साउनका लागि यस क्षेत्रमा रणनीतिक अमेरिकी सैन्य सम्पत्तिहरूको दृश्यता बढाएका छन् ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले पनि आफ्नो आणविक प्रतिरोध रणनीतिहरूको अद्यावधिक गरेका छन् । उत्तर कोरिायली आणविक आक्रमणबाट आफ्नो सहयोगीको रक्षाका लागि आणविक क्षमताहरूलाई तीव्ररूपमा र थप निर्णायकरूपमा वासिङ्टनले प्रयोग गरोस् भन्ने सोलले बलियो आश्वासन खोजेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ११ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्