आज २०८१ साल साउन ८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन ८ गते मंगलबारको राशिफल


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ८ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई २३ तारिख। साउन कृष्ण पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन रमाइलो छ। सानो लगानीबाट राम्रो उन्नति हुनेछ। हरेक क्षेत्रमा साथीको सहयोग मिल्नेछ। कृषि र भूमि सम्बन्धी व्यवसाय फस्टाउने योग छ। परिवारको मर्म बुझाबुझ नहुँदा खटपटी बढ्ने जोखिम देखिन्छ।

वृष : औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ। ग्रह सकारात्मक भएकाले सोचेको काम बन्नेछ। सानो लगानी गरे पनि राम्रो आम्दानी हुनेछ। प्रतिभा प्रदर्शन गर्ने योग छ। परिवारको सकारात्मक मिल्नेछ।

मिथुन : दिन सामान्य छ। धन खर्च हुने जोखिम देखिन्छ। आफ्नो भनिएको साथीले असहयोग गर्ने खतरा रहेको छ। ठुलो उद्योगमा हात नहाल्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ हुनेछ।

कर्कट : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। बोलीकै कारण विवाद हुने भएकाले कम बोल्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। तपाईंविरुद्ध षड्यन्त्र बुन्ने साथी सक्रिय छन्। आक्रोश भन्दा शान्त भएर विपक्षीलाई पराजित गर्नु राम्रो हुनेछ।

सिंह : दिन रमाइलो छ। पैतृक सम्पत्तिले तपाईंको सम्मान बढ्नेछ। लगानीका क्षेत्रमा चुनौती धेरै छन्। धैर्य भएर अगाडि बढे सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको मेहनतले राम्रो अवसर प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

कन्या : लामो समय रोकिएको काम अगाडि बढ्नेछ। अरुलाई तर्साएर आफ्नो काम सम्पन्न गर्नुपर्ने दिन छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। प्रतिस्पर्धीसँग सचेत भएर समस्याको समाधान खोज्नुपर्नेछ। दैनिक काम सहजै बन्नेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सल्लाहमा अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : समाजले तपाईंको प्रशंसा गर्ने छ। परोपकार गर्दा निजी सम्पत्ति गुम्ने खतरा भएकाले चनाखो बन्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा समस्या हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ।

धनु : सामान्य लगानीबाट धन आर्जन हुनेछ। सामाजिक कामले तपाईंको इज्जत बढ्नेछ। कृषि र फलफूलको क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ। नयाँ ठाउँको भ्रमणले परिवारमा उत्साह मिल्नेछ।

मकर : महत्त्वपूर्ण कार्यमा अवरोध हुने योग छ। सोचेको काम नबन्ने जोखिम देखिन्छ। तपाईं धैर्य बन्नुभएमा समस्याको समाधान हुनेछ। राजनीतिक अवसर प्राप्त हुनेछन्। परिवारको सहयोग मिल्नेछ।

कुम्भ : शनिदेवको छाया योग छ। साढेसाती दशा सक्रिय भएकाले मन अशान्त हुनेछ। झुटा आरोप लाग्ने हुनसक्छ। जन्मकुण्डली देखाएर शनिशान्ति गरेमा मन शान्त हुनेछ। शनि सकारात्मक भए ठुलो उन्नति हुनेछ।

मीन : तपाईंको कामको प्रशंसा हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। सहकर्मीसँग सचेत भएर काम गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धले मनमा उत्साह बढाउने छ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ०३ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी