बेपत्ता हुँदा १७ दिनसम्म एउटै ट्राउजर लगाएँ : गुरुचरण « Khabarhub

बेपत्ता हुँदा १७ दिनसम्म एउटै ट्राउजर लगाएँ : गुरुचरण


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय टेलिसिरियल ‘तारक मेहता का उल्टा चश्मा’का ‘सोढी’ पात्रका नामले दर्शकमाझ परिचित गुरुचरण सिंह २५ दिन बेपत्ता हुनुका कारण खुलासा गरेको कारण चर्चामा छन् । उनले सो दौरानमा रेल स्टप र बसपार्कमै रात बिताएको घटना सेयर गरेका छन् ।

गुरुचरणका अनुसार बेपत्ता भएकै दौरानमा उनले  १७ दिनसम्म एउटै ट्राउजर लगाएका थिए । लुगा फोहर भएपछि धोएको चिसो टिसर्ट कयौँ पटक लगाएको उनको भनाइ छ ।

आफूले मुस्किलका साथ ती दिनहरू बिताएको बताउँदै उनी भन्छन्, ‘सुत्ने ठाउँ थिएन । रेलमा यात्रा गर्दै मैले निद्रा पूरा पनि गरेँ ।’

किन बेपत्ता थिए गुरुचरण ?
गुरुचरणको दाबीअनुसार ‘तारक मेहता का उल्टा चश्मा’बाट उनलाई सन् २०२० मा जानकारी नदिई निकालिएको थियो । त्यसयता उनी कामविहीन जस्तै छन् ।

गत अप्रिल २२ मा उनी प्लेनमा दिल्लीबाट मुम्बई पुगेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भए । उनको परिवारले दिल्ली प्रहरीलाई खोजी गर्न रिपोर्ट पनि दर्ता गराएको थियो ।

तर, उनी मे १८ मा घर फर्किए । प्रहरीको अनुसन्धानले उनी व्यक्तिगत समस्याका कारण अध्यात्मको खोजीमा बेपत्ता भएको पुष्टि गरेको छ । घटनाको करिब तीन महिनापछि उनले यसबारेमा मिडियामा खुलेर कुरा गर्न लागेका छन् ।

उनका अनुसार बेपत्ता हुनुको प्रमुख कारण आफूले नजिक ठानेका साथीहरूबाट असहयोग हो । इन्डियन एक्सप्रेससँगको कुराकानीमा उनले काम नपाइरहेको अवस्थामा साथीहरुबाट सहयोग नभएपछि कसैलाई थाहै नदिई बेपत्ता हुने निर्णय गरेको बताए ।

उनले भने, ‘एक समय आउँदो रहेछ सबै टाढा हुने रहेछन् । काम खोज्ने कोसिस गर्दा पनि नजिकका मानिसहरुबाट म निकै दुखित भएँ । मलाई निरन्तर रिजेक्सन मिलिरहेको थियो ।’

आत्महत्याको बाटो गलत लागेका कारण बेपत्ता हुने सोच पलाएको उनको भनाइ छ । सिमला आसपासको क्षेत्रमा पुगेको बताउँदै उनी भन्छन्, ‘म जहाँ गएँ भगवान् भरोसामै हिडेँ ।’

आफू ऋण तिर्न नसकेर बेपत्ता भएको हल्लाको उनले खण्डन गरेका छन् । आजको मितिसम्म पनि नियमितरुपमा ऋण तिर्दै आएको उनको दाबी छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ०९ बजे

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले

दश बुँदे घोषणापत्र जारी गर्दै ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न

गण्डकी- पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सञ्चालित ‘गाउँ पर्यटन मार्ट २०८३’