काठमाडौँ उपत्यकाका नदीमा जलसतह उच्च, सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाका नदीमा जलसतह उच्च, सतर्कता अपनाउन आग्रह


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेको जनाएको छ। महाशाखाका अनुसार गएराति काठमाडौँ उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपासमा ठूलो वर्षा भएकाले नदीहरुको जलसतह बढेको हो ।

अहिले बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ भने बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। यो अझै बढ्दो क्रममा रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।

महाशाखाले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जानकारी दिएको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ। डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ८ : १३ बजे

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा– सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ ।

माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भोजपुरस्थित रामप्रसादराई गाउँ

‘आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि