काभ्रेको बनेपा लागूऔषध तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ | Khabarhub Khabarhub

 काभ्रेको बनेपा लागूऔषध तस्करको ‘ट्रान्जिट प्वाइन्ट’


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागूऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्‍याे ।

सुराकका आधारमा पक्राउ परेका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागूऔषध बरामद गरेको थियो ।

तत्काल प्रहरीले उनको बनेपास्थित डेरामा खानतलासी गर्दा एक सय ३५ ट्याब्लेट नाइट्राभेट फेला पार्‍याे । इलाका प्रहरी कार्यालय बनेपाले तामाङलाई काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको जनायो ।

साथै, तामाङसहितका लागूऔषध ओसारपसार गर्ने तथा प्रयोगकर्ताको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

यसअघि गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा लागूऔषधका १५ मुद्दा दर्ता भएका छन् । सेवनका आठ र ओसारपसारका सात मुद्दामा ३२ जना संलग्न रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिइन् ।

उनका अनुसार आव २०७९–८० मा सात मुद्दा दर्ता भएका थिए । अठारदेखि २५ वर्ष उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेर समूहका दुई पुरुष र ४६ देखि ५९ उमेर समूहका दुई पुरुष र एक महिलालाई लागूऔषध सेवन तथा ओसारपसारमा मुद्दा चलाइएको छ ।

कार्यालयका अनुसार प्रहरीले हालसम्म लागूऔषध ओसारपसारका क्रममा तीन सय २५ किलो गाँजा र ३८ ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

यस्तै सेवनका क्रममा डाइजिपाम चार एम्पुल, नोफिन तीन एम्पुल, फेनारगन दुई एम्पुल, नाइट्राभेट आठ सय दुई ट्याब्लेट, कोरेक्स तीन बोतल बरामद गरेको प्रहरीले जनाएको छ ।

बितेको आवमा २० हजार गाँजाका बोट फडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर पाँच सय ८३ जनालाई सचेतना कार्यक्रम गरिएको जनाइएको छ ।

गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागूऔषध नेपालको कानुनद्वारा निषेधित हो भने सुर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो ।

घटनाक्रमले सुराकका आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, बीपी राजमार्गबाट अधिकांश रूपमा लागूऔषध ओसारपसार हुने गरेको देखिएको हो ।

काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागूऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको तथ्याङ्कबाट देखिन्छ ।

पक्राउ परेका मध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो । प्रहरीको अनुसन्धानले विशेषगरी ‘टिन एजर्स’ यसको तस्करी र प्रयोगकर्ताका रूपमा देखिएको सुवेदी  बताउँछन् ।

घटना विवरणअनुसार तराई क्षेत्रबाट बीपी राजमार्ग हुँदै लागूऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेको बनेपालाई बनाएको देखिन्छ ।

यसैबीच काभ्रेमा लागूऔषध प्रयोग बढ्दो क्रममा रहेको पाइएपछि प्रहरीले यसविरुद्ध अभियान सञ्चालन गरिने जनाएको छ ।

जिल्लास्थित प्रशासन कार्यालय र प्रहरी कार्यालयले सरोकार भएकाहरूसँग समन्वय गरी जिल्लाभर सचेतना तथा नियन्त्रणसम्बन्धी अभियान चलाइने भएको खड्काले बताए ।

उनका अनुसार लागूऔषध सेवन तथा ओसारपसार नियन्त्रणका गर्न सूचना महत्त्वपूर्ण हुने भएकाले परिवार वा समुदाय नै सचेत भए यसको नियन्त्रण सम्भव देखिन्छ ।

लागूऔषध प्रयोगकर्ता कम उमेरका अर्थात् युवा–विद्यार्थी पाइएपछि यसको कुलतमा फसेर जीवन बर्बाद हुने भएकाले परिवार र शिक्षकलाई सचेतना गरिने भएको हो ।

यस्तै अभियानका क्रममा लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नबारे ‘सुराकी’ र सूचना प्रदान गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ८ : ४५ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको