उपसभामुख रानाले पैसा लिएको उजुरी आएको थियो : मुकुल ढकाल « Khabarhub

उपसभामुख रानाले पैसा लिएको उजुरी आएको थियो : मुकुल ढकाल


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिराले नेपालीलाई अमेरिका पठाउन आर्थिक लेनदेन गरेको आरोप लगाएका छन् ।

उपसभामुख रानाले पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको भन्ने विषय अहिले चर्चामा छ ।

यसै विषयमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत ‘उपसभामुखको पत्र प्रकरणका बारेमा मेरो भनाइ’ भन्दै उनले आफूसँग त्यसको प्रमाणसमेत रहेको दाबी गरेका छन् । ढकालले एक वर्षअघि उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको समेत बताएका छन् ।

 मुकुल लेख्छन्– ‘९ लाख रुपैयाँ उपसभामुखको सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

पार्टीभित्र महामन्त्रीको हैसियतले आफूले उक्त प्रकरणको अनुसन्धान गरिरहेको तर आफूलाई पार्टीबाट निकालिएपछि यो विषय अगाडि बढ्न नपाएको उनको दाबी छ। उनले यसमा पार्टी सभापति रवि लामिछानेको समेत मिलेमतो रहेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘हालसालै घटना सार्वजनिक भएपछि रवि लामिछाने क्लबले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्‍याेलेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लबले सामान्य सोधपुछ समेत गरेन । यसको मतलव क्लब विषयको गाम्भीर्यलाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।’

ढकालले उपसभामुख रानालाई तत्काल पदबाट राजीनामा दिएर आफूमाथि छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनले नैतिकताको खडेरी परेको नेपाली राजनीतिमा उदाहरण बन्न सुझाव दिएका छन् ।

उनले राज्यले अनुसन्धान गर्ने हो भने ती पाँच जनाकै वतन पत्ता लगाउनु ठूलो विषय नभएको बताए । उनले यस विषयमा आवश्यक परे सरकारले आफूसँग सोधपुछ गर्न सक्ने समेत बताएका छन् ।

उनले भनेका छन्– ‘राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए मसँग रहेका प्रमाण बुझाउन तयार छु, मलाई थाहा भएका सबै कुरा बताउन तयार छु।’

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १० : २६ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल