सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु « Khabarhub

सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मिटर भन्दा बढी दूरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ। 

पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा चक्ला भइरहेको छ । उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर अगाडि विभिन्न सरसामान राखिएको तथा अस्थायी संरचना निर्माण गरिँदा पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ भएकाले त्यस क्षेत्रका संरचना हटाउन थालिएको हो ।

यस सम्बन्धमा तल्लो गगनगौँडा बजार व्यवस्थापन समितिको गत जेठ ३० गते बसेको उपभोक्ता भेलाले निर्णय गरी आवश्यक पहलका लागि वडा कार्यालयमा अनुरोध गरिएको समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिए।

यसअघि नै संरचना हटाउन वडा कार्यालयले गत जेठ ३० गते सूचना जारी गर्दै प्रत्येक घरधनीहरूले आ–आफ्नो घर अगाडि मापदण्डमा पर्ने सरसामान, खेती तथा टहरा सूचना जारी भएको मितिले १५ दिनभित्र हटाइ मानिस हिँडडुल गर्न सहज बनाउन अनुरोध गरेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : १९ बजे

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल

पम्फा भुसालले चुनाव नलड्ने

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ ।