कृष्णनगर विद्युत् केन्द्रले गर्‍यो एक अर्ब २८ करोड राजस्व संकलन | Khabarhub Khabarhub

कृष्णनगर विद्युत् केन्द्रले गर्‍यो एक अर्ब २८ करोड राजस्व संकलन


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कृष्णनगर– नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०-८१ मा एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपैयाँ ६५ पैसा राजस्व संकलन गरेको छ । 

वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७ दशमलव ८६ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले भने, ‘आव २०७९-८० मा कृष्णनगर वितरण केन्द्रले ९३ करोड ४२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ २५ पैसा संकलन गरेको थियो ।’ 

गत आवमा नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार पाँच सय ३७ युनिट खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए । आव ०७९-८० मा नौ करोड ९२ लाख ४३ हजार दुई सय ८६ युनिट खपत भएको थियो । गतवर्षको तुलनामा ४० दशमलव ०५ प्रतिशत खपत वृद्धि भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ । 

प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल भएको हो । हुकिङमार्फत विद्युत् चोरी गर्ने ५४ जनालाई कारबाही गरी आठ लाख १९ हजार सात सय २२ रुपैयाँ ५४ पैसा संकलन गरेको छ ।

कालोसूचीमा परेका ६१ ग्राहकबाट ४७ लाख ७९ हजार ९६ रुपैयाँ ३१ पैसा, मिटरबाट सिधा विद्युत् चोरी गर्ने १० जनामार्फत दुई लाख ४४ हजार चार सय ४१ रुपैयाँ ९६ पैसा जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत रु तीन लाख तीन हजार नौ सय ५३, बन्दी मिटरबाट रु चार लाख २९ हजार चार सय ७५ रुपैयाँ ५४ पैसा असुल गरेको छ । विद्युत् महसुल शुल्क नतिरेका दुई हजार तीन सय ४९ जनामार्फत रु छ करोड ७५ लाख आठ सय ३३ संकलन गरेको हो ।

केन्द्रले सडक बत्तीको रु सात करोड चार लाख ३७ हजार नौ सय ८३ रुपैयाँ बक्यौता रहेको जनाएको छ । सरकारी अनुदान बक्यौता छ करोड छ लाख ३३ हजार एक सय ७७ रुपैयाँ ९५ पैसा रहेको छ । 

वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ । आव २०८०-८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये आठवटा सम्पन्न भएका छन् । बाँकी पाँचवटा योजना सञ्चालनको चरणमा छन् । 

कृष्णनगर वितरण केन्द्र मातहत कूल ५० हजार पाँच सय ८१ ग्राहक छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ०७ बजे

किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यति

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’

भोजपुर–  पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला

दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला

पर्सामा छठ घाट सजाइयो

वीरगञ्ज– छठ पर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती– लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो