ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता « Khabarhub

ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा– यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्‍तिहरूलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । 

सबै वडामा गाउँपालिका, वडा र बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उनले बताए। 

‘बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,’ अध्यक्ष भट्टले भने, ‘सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपांगता भएका तथा ज्येष्ठ नागरिक बैंकसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ ।’

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैंकसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैकिंङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उनको भनाइ छ । टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछी लाभग्राही खुसी भएका छन् ।

भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ । हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ ।

‘बैंकसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,’ अध्यक्ष भट्टले भने ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : १६ बजे

राष्ट्रिय झण्डासहित वानखेडेमा जम्मा हुँदै नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू

चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेताहरू

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक

रेशमको रिटमा सुनुवाइ हुँदै, निर्वाचन आयोगको निर्णयबारे आदेश आउन सक्ने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका प्रमुख संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी

कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक : मन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको

सरकारी संरचना विध्वंशबारे ओलीले भने : चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले मतदाता भेटघाटमा