एमाले सांसद गिरीको तर्क- पूर्वाग्राही भएर प्राधिकरणले उद्योगको लाइन काट्यो « Khabarhub

एमाले सांसद गिरीको तर्क- पूर्वाग्राही भएर प्राधिकरणले उद्योगको लाइन काट्यो


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड तथा ट्रंक लाइनका नाममा वर्षौसम्म समस्यामात्रै देखिएकाले वर्तमान सरकारले समाधानको पहल लिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्तौता समस्या समाधान गर्न खोज्दा जनतालाई भ्रम छर्नेगरि विपक्षी (माओवादी केन्द्र) प्रस्तुत भएको भन्दै आपत्तिसमेत जनाए ।

उनले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडी मिटरको बिल प्राधिकरणले दिन नसकेको अवस्थामा पूर्वाग्राही ढंगले लाइन काटिएको आरोपसमेत लगाए ।

उनले व्यवसायीहरूले तिर्नुपर्ने रकम पनि यसअघि प्राधिकरणले नियतवश नउठाएको जिकिर गरेका छन् । उनले प्राधिकरणले टीओडी मिटरको यकिन तथ्यांक दिन नसकेको जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ४९ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत