विद्युत लाइन जोड्ने विषयमा सरकारले अनुचित निर्देशन दियो : सुदन किराँती | Khabarhub Khabarhub

विद्युत लाइन जोड्ने विषयमा सरकारले अनुचित निर्देशन दियो : सुदन किराँती


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै किराँतीले सङ्ख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए ।

उनले विभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिएको भाषणले जगतलाई मूर्ख बनाउने काममात्रै भएको तर्क गरे ।

किराँतीले मौद्रिक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए ।

उनले अघिल्लो सरकारले अघि बढाएको छानविन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउदैन भन्दै प्रश्नसमेत गरेका थिए । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ३३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस