जीर्ण बन्दै सुकुम्बासीका लागि बनाइएका अपार्टमेन्ट (तस्बिरहरू) « Khabarhub

जीर्ण बन्दै सुकुम्बासीका लागि बनाइएका अपार्टमेन्ट (तस्बिरहरू)


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले काठमाडौंको नागार्जुन नगरपालिकामा गरिब र सुकुम्बसीका लागि बनाएका भव्य अपार्टमेन्ट वर्षौँदेखि अलपत्र छन् ।

बागमती, विष्णुमती र मनोहरा किनारमा हजारौँ सुकुम्बासीले अड्डा जमाउँदा उनीहरूकै लागि निर्मित सुन्दर अपार्टेमन्ट अलपत्र परेका हुन् ।

सरकारले सुकुम्बासी र गरिब जनताका लागि चारवटा ठूला अपार्टमेन्ट निर्माण गरे पनि अझैसम्म प्रयोगविहीन छन् ।

सरकारले १२ करोड रुपैयाँ लगानी गरी दुई ठाउँ गरेर एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट बनाएको छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ सालमा सरकारले काठमाडौंको खोला किनारमा बसोबास गर्ने सक्कली सुकुम्बासीलाई सुविधा दिने उद्देश्यले यी भवन बनाएको थियो ।

तर अहिले ती अपार्टमेन्टमा वास्तविक सुकुम्बासीहरू बसेका छैनन् । शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा निर्माण भएका काठमाडौंको नागार्जुन नगरपालिकास्थित अपार्टमेन्ट अलपत्र छन् ।

पूर्ण सुविधासम्पन्न ती अपार्टमेन्ट हस्तान्तरण नहुँदा जीर्ण भएका छन् । तीमध्ये पहिलोलाई कार्यालय र अस्थायी पोष्टको रुपमा प्रयोग गरिएको छ । अर्कोलाई मानव सेवा आश्रमका लागि प्रयोग गर्न दिइएको छ ।

सुकुम्बासी र गरिबका लागि बनाइएका अपार्टमेन्टहरू पूर्ण रूपमा प्रयोग हुन नसकेकाले जीर्ण भएका छन् । अपार्टमेन्टमा झारपातले ढाकेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ५२ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय