जीर्ण बन्दै सुकुम्बासीका लागि बनाइएका अपार्टमेन्ट (तस्बिरहरू) « Khabarhub

जीर्ण बन्दै सुकुम्बासीका लागि बनाइएका अपार्टमेन्ट (तस्बिरहरू)


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले काठमाडौंको नागार्जुन नगरपालिकामा गरिब र सुकुम्बसीका लागि बनाएका भव्य अपार्टमेन्ट वर्षौँदेखि अलपत्र छन् ।

बागमती, विष्णुमती र मनोहरा किनारमा हजारौँ सुकुम्बासीले अड्डा जमाउँदा उनीहरूकै लागि निर्मित सुन्दर अपार्टेमन्ट अलपत्र परेका हुन् ।

सरकारले सुकुम्बासी र गरिब जनताका लागि चारवटा ठूला अपार्टमेन्ट निर्माण गरे पनि अझैसम्म प्रयोगविहीन छन् ।

सरकारले १२ करोड रुपैयाँ लगानी गरी दुई ठाउँ गरेर एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट बनाएको छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ सालमा सरकारले काठमाडौंको खोला किनारमा बसोबास गर्ने सक्कली सुकुम्बासीलाई सुविधा दिने उद्देश्यले यी भवन बनाएको थियो ।

तर अहिले ती अपार्टमेन्टमा वास्तविक सुकुम्बासीहरू बसेका छैनन् । शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा निर्माण भएका काठमाडौंको नागार्जुन नगरपालिकास्थित अपार्टमेन्ट अलपत्र छन् ।

पूर्ण सुविधासम्पन्न ती अपार्टमेन्ट हस्तान्तरण नहुँदा जीर्ण भएका छन् । तीमध्ये पहिलोलाई कार्यालय र अस्थायी पोष्टको रुपमा प्रयोग गरिएको छ । अर्कोलाई मानव सेवा आश्रमका लागि प्रयोग गर्न दिइएको छ ।

सुकुम्बासी र गरिबका लागि बनाइएका अपार्टमेन्टहरू पूर्ण रूपमा प्रयोग हुन नसकेकाले जीर्ण भएका छन् । अपार्टमेन्टमा झारपातले ढाकेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ५२ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण