‘राष्ट्रिय एकता’का लागि प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग सम्झौता गर्ने हमासको घोषणा « Khabarhub

‘राष्ट्रिय एकता’का लागि प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग सम्झौता गर्ने हमासको घोषणा


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

बेइजिङहमासले मंगलबार बेइजिङमा फताहलगायत अन्य प्रतिद्वन्द्वी प्यालेस्टिनी संगठनसँग राष्ट्रिय एकताका लागि मिलेर काम गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

हमासका वरिष्ठ अधिकारी मुसा अबु मर्जुक, फताहका दूत महमुद अल–अलौल लगायत १२ प्यालीस्टीनी समुहको बेईजिङमा आयोजित भेटवार्तामा युद्धपछिको गाजालाई शासन गर्न ‘अन्तरिम राष्ट्रिय मेलमिलाप सरकार’ गठन गर्न सहमत भएको चिनियाँ विदेशमन्त्री वाङ्ग यीले बताए ।  

अबु मर्जुकले वाङ्ग लगायतका अधिकारीहरूसँगको भेटमा राष्ट्रिय एकताको सम्झौतामा हस्ताक्षर गर्दै  राष्ट्रिय एकताका लागि अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । 

गाजापट्टीमा शासन गर्ने हमास र कब्जा गरिएको वेस्ट बैंकलाई आंशिक रूपमा शासन गर्ने फताह बीचको तीव्र प्रतिस्पर्धाका कारण अझ जटिल बनेको द्वन्द्वमा चीनले मध्यस्थताको भूमिका खेल्न खोजेको छ ।

इजरायलले हमासलाई नष्ट नगरेसम्म लडाइँ जारी राख्ने वाचा गरेको छ । बेइजिङमा मंगलबारको बैठकपछि, वाङले दुबै समूह “मेलमिलाप” गर्न प्रतिबद्ध रहेको बताए ।  

युद्धपछि गाजाको शासनका लागि राष्ट्रिय मेलमिलाप सरकार गठन सम्झौताको प्रमुख आकर्षण रहेको वाङले उल्लेख गरे ।  

मेलमिलाप प्यालेस्टिनीको आन्तरिक विषय भएपनि अन्तर्राष्ट्रिय समुदायको समर्थन बिना सम्झौता हुन नसक्ने  र मध्यपूर्वमा शान्ति र स्थिरताको रक्षा गर्न रचनात्मक भूमिका खेल्न चीन इच्छुक रहेको वाङले बताए । 

सन् २००६ को चुनावमा हमासको विजयपछि भएको घातक झडपपछि हमासका लडाकुहरूले गाजापट्टीबाट फताहलाई निष्कासन दुई समुहबीच सम्बन्ध  बिग्रीएको हो ।   

फताहले प्यालेस्टिनी प्राधिकरणलाई नियन्त्रण गरी इजरायली कब्जाको वेस्ट बैंकमा आंशिक प्रशासनिक नियन्त्रण  गर्दै आएको छ  ।  

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ५२ बजे

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका