बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग वार्ता थाल्ने « Khabarhub

बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग वार्ता थाल्ने


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- नेपालको छिमेकी भारतीय राज्य बिहारमा हरेक साल आउने बाढीसँग जुध्न भारत सरकारले ठूलो बजेट छुट्याएको छ ।

भारत सरकारका लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट भाषण गर्दै कोशीको बाढीबाट बिहारलाई जोगाउन बजेट छुट्याएको बताइन् ।

मंगलबार लोकसभामा बजेट भाषणका क्रममा वित्तमन्त्रीले बिहारलाई बाढीबाट जोगाउन विशेष योजना अघि सारिने बताइन् ।

उनले बजेट भाषणका क्रममा नेपालको तर्फबाट बाढी नियन्त्रणको काममा ध्यान दिइने बताइन् । उनले बिहारमा रहेका सिँचाइ परियोजनालाई बाढीबाट जोगाउन केन्द्र सरकारबाट ठूलो लगानी गर्ने बताइन् ।

यसका लागि ११ हजार ५०० करोड रुपैयाँको बजेट छुट्याएको जानकारी उनले दिइन् । यसमा कोशी-मिची इन्स्ट्र स्टेट लिङ्क, ब्याराज निर्माण र नदी प्रदूषण अन्त्यका लागि लगानी गरिने बताइन् । उनले कोशीको बाढीबाट बिहारलाई मुक्त गर्न अब सर्भे थालिने बताइन् ।

नेपालबाट आउने बाढी नियन्त्रण प्रणाली निर्माणमा पनि लगानी गरिने उनले बताइन् । वित्त मन्त्री सीतारमणले बिहारमा हरेक वर्ष नेपालबाट आउने बाढी नियण्त्रणका लागि ‘कन्ट्रोल सिस्टम’ बनाउने घोषणा गरिन् ।

वित्तमन्त्री सीतारमणले बजेट भाषणका क्रममा नेपालबाट आउने बाढी रोकथाम र नियन्त्रणका लागि सरकारी तहमा वार्ता अघि बढाउने पनि बताएकी छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ०४ बजे

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

किसानको धान खरिदमा चुनौती

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन

चिसोमा इन्फ्लुएन्जा संक्रमणबाट बच्न ‘फ्लु भ्याक्सिन’ लगाउन एनएमएको अपिल

काठमाडौं– नेपाल चिकित्सक संघले चिसो मौसम सुरु भएसँगै ‘इन्फ्लुएन्जा भाइरस’को